नेभिगेशन
सुदूरपश्चिम

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका स्थानीय तहले धमाधम माछा मार्न बन्देज गर्न थालेका छन् । विभिन्न अप्राकृतिक र प्राकृतिक तरिकाले माछा मार्ने क्रम बढेपछि माछाहरुको अस्तित्व र बासस्थान लोप हुने अवस्थामा पुगेको भन्दै पालिकाले सूचना निकाल्दै माछा मार्न बन्देज लगाएका हुन् । जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् । स्थानीय तहको जलचर तथा जैविक विविधता संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन बमोजिम माछा बन्देज गरिएको पालिकाले जनाएका छन् । माछाले फुल पार्ने तथा प्रजनन् गर्ने समय भदौ, असोज, फाल्गुन र चैत्र महिनामा रहेकोले पछिल्लो समय अत्याधिक विनासकारी तरिकाबाट करेन्ट लगाउने, जैविक तथा रसायनिक विषादी प्रयोग गर्ने, महाजाल, पासा र नदि खोला थुनछेक गरि माछा मार्दा पालिका क्षेत्रमा रहेको नदि र खोलामा माछाको संख्या चिन्ताजनक रुपमा घटिरहेको पालिकाहरुले निकालेको सूचनामा उल्लेख छ । 
जलीय जैविक विविधताको स्वास्थ्यको सूचकको रुपमा रहेका माछा लगायत अन्य जलचरका सरक्षण र दिगो उपयोग नगरिए भविष्यमा हाम्रो बातावरणमा थप नकारात्मक असर पर्ने भएकोले पनि माछा मार्न बन्देज गरिएको पालिकाहरुको भनाई छ । जयपृथ्वी नगरपालिकाले तमैलदेखि सुनीगाड दोभान र वाउलीगाड खारावगर क्षेत्रसम्म, थलारा गाउँपालिकाले वडा नं. ९ को जहारीगाड दोभान र सेती नदी देखि राक्सेगाड सम्म, वडा नं. ६ राक्सेगाड दोभानदेखि थलारी गाडमा पर्ने सम्पूर्ण वडा, थलारी गाड देखि वडा नं. ३, ४, १ सम्मको रेगम गाड दोभान, र केदारस्यूँ गाउँपालिकाले वडा न १ जुवालीखेतदेखि कालङ्गा नदि र सेति नदिका दोभान क्षेत्र, वडा न १ को देउरा देखि रायल सम्म सेति नदि क्षेत्र, रायल देखि वडा न ९ को जुइलि गाड दोभान क्षेत्र र वडा न ९ को जुइलीगाड देखि सुडिखोला नदि क्षेत्र सम्म माछा मार्न बन्द गरिएको जनाएका छन् । सूचनाको अवज्ञा गरि कुनै पनि साधन वा तरिकाले माछा मारेको पाइएमा ऐन बमोजिम कार्वाही गरिने पालिकाहरुको भनाई छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै