नेभिगेशन
सुदूरपश्चिम

सेतीले धार परिवर्तन गर्दै, १८ परिवार विस्थापित

सेती नदीमा आएको बाढीले धार परिवर्तन गर्दा बझाङका १८ परिवार विस्थापित भएका छन् । सेती नदीले सेती नदीमा आएको बाढी थलारा गाउँपालिका-९ झ्याँबगर गाउँ र केदारस्युँ गाउँपालिका वडा नम्बर १ को पथुडातिर सोझिदा झ्याँबगरका १४ र पथुडाका ४ परिवार गरि १८ परिवार विस्थापित भएका हुन् । झ्याबगर गाउँ दुई वटा भंगालोको बीचमा परेको छ । गाउँ डुबानमा परेपछि १४ परिवार स्थानीय विस्थापित भएका हुन् । 

‘गाउँको बीचमा सेती नदीको भंगालो पसेपछि बिहानै गाउँ छोडेका छौं,’ झ्याँबगरका स्थानीय समेत रहेका थलारा गाउँपालिका -९, का वडा अध्यक्ष लोकेन्द्र बिस्टले भने, ‘नदीको सतह बढेको बढ्यै छ । जुन सुकै बेला पनि गाउँ बगाउन सक्छ।’
बिहान पानीको सतह बढेपछि मानिस र वस्तुभाउ जोगाउन सफल भए पनि घर भित्रको सामान जोगाउन नसकेको जनप्रिय माध्यमिक

विद्यालयका शिक्षक समेत रहेका अर्का स्थानीय नविनबहादुर बिस्टले बताए । यस्तै केदारस्युँ १ पथुडाका मंंगल भण्डारीले पनि सेतीले हेर्दाहेर्दै आँगनका रोपेका खेतहरु बगाएको र कटान नरोकिएकाले घर छोडेर भागेको बताए । उनले भने,‘हेर्दाहेर्दा रोपेका खेतहरु बगिसके । अब घर बग्न बेर लाग्दैन । हामी चार परिवारले घर छोडिसक्यौं अझैं तीन घरका पनि विस्थापित हुने क्रममा छन् ।’

सेती नदीले केदारस्युँ १ को देउरा पथुडा र रायल, थलारा गाउँपालिकाको वडा नम्बर ९ का झ्याबगर, लिस्ताडा, वडा नम्बर १ को रेगम, छबिसथिभेरा १ को भण्डारी गाउँ, परिङ्गाल, बगडगाउँ  र जयपृथ्वीनगर पालिकाको वडा नम्बर ११ भोपुरमा सेती नदीले धारी परिवर्तन गरि कटान सुरु गरेको छ। 

जल तथा मौसम विज्ञान विभागको नदी अनुगमन गर्ने वेवसाइटले सेतीको जलसतह बढेर ४.२९ मिटर पुगेको जनाएको छ । यो खतराको तह भएको वेवसाइटमा उल्लेख छ । शुक्रबारसम्म तीन मिटर हाराहारी रहेको सेतीको जल सतह शनिवार साँझ सम्म निरन्तर बढेको बढ्यै छ ।

लगातारको बर्षा पछि सेतीमा आएको बाढीले केदारस्युँको पथुडामा दुई वटा पोल बगाउँदा बझाङको विद्युत सेवा पनि अबरुद्ध भएको छ । सेतीका सहायक खोला र नदीमा पनि जलस्तर बढेका कारण नदी र खोला किनारका बस्तीहरुमा जोखिम बढेकोले सर्तक रहन जिल्ला प्रशाशन कार्यालयले शुक्रबार देखी नै निरन्तर सर्तकता सुचना जारी गरिरहेको छ । 


जयपृथ्वी राजमार्ग खुल्दै बन्द हुँदै
लगातारको वर्षापछि पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध हुने र सुचारु हुने भइरहेको छ । बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र राजमार्ग बन्द हुन थालेपछि जिल्लाभरीको आवागमन प्रभावित हुँदै आएको छ । चार दिन झरी पर्दा जयपृथ्वी राजमार्ग पाँच पटक अवरुद्ध भइसकेको छ ।

जयपृथ्वी राजमार्ग अन्तर्गत छबिसपाथिभेरा- १ को जालेबगर, जयपृथ्वी नगरपालिका -७ तमैल तथा माल्नालाग्ने भीरमा पहिरोसँगै सडक माथिबाट ठूल्ठूला ढुगां खसिरहेका छन् । तमैलमा भने मेसिनले हटाउन नसक्ने ठूला ढुंगा खसिरहेका हुँदा दिनभर यातायात अवरुद्ध भइरहेको छ । यस्तै अहिले साँझ प्राप्त खबर बैतडी सिगास गाउँपालिका वड नं ९ आलुगैरास्थित माथीबाट पहिरोसँगै रुख खसेर पूणर्  रुपमा सडक अबरुद्ध भएको छ । 


वर्षासँगै आएको बाढीले बझाङ जिल्लाका अन्य शाखा सडकहरू पनि अवरुद्ध भएको स्थानीयले बताएका छन् । मष्टा, सुर्मा, खप्तडछान्ना, बुंगल, थलारालगायतका पालिकाका दर्जनौं सडक अवरुद्ध भएपछि यातायात प्रभावित भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै