नेभिगेशन
सुदूरपश्चिम

सबै बालबालिकाले खोप पाएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरियो :  स्वास्थ्य कार्यालय बझाङ

बझाङलाई ‘पुर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्थायित्व र सहभागिता, पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराकासाथ आज एक औपचारिक कार्यक्रम गरी बझाङलाई ‘पुर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको हो । जिल्ला खोप समन्वय समितिद्वारा शुक्रवार आयोजित एक समारोहमा बझाङलाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजालले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको बताउनुभयो । स्वास्थ्य मानव जीवनका लागी सबैभन्दा ठुलो सम्पति भएकाले सवै क्षेत्रले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नु पर्ने उहाँको भनाई रहेको थियो । साथै उहाँले कार्यक्रममा खोप पाउनु सवै वालवालिकाको जन्मसिद्ध अधिकार भएका कारण खोप लगाउने कुरामा कुनै पनि वालवालिका छुट्न नहुने बताउनुभयो ।  जिल्लामा जन्मदा धेरै वालबालिकाहरु खेप लगाउने भएपनि पछी विस्तारै त्यो संख्या कम हुनुको कारण अभिभावकसँगै बालबालिका पलायन हुनु रहेकाले अभिभावकले बालबालिकालाई खोप लगाउन छुटाउन नहुने सुझाव दिनुभयो । 

यस्तै कार्यक्रममा बोल्ने बक्ताहरुले जिल्लामा पछिल्लो समय खोपका कार्यक्रम प्रभावकारी ढंगबाट अघाडी बढाइएकाले आगामी दिनमा पनि पालिकाले निरन्तरता दिन आवश्यक रहेको बताएका थिए । खोप लगाउनका लागी अभिभावक, स्थानीय सरकार र स्वास्थ्यकर्मीहरु चनाखो भएर लाग्नु पर्ने बतार्एका थिए । 

कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय बझाङका कार्यालय प्रमुख लालबहादुर धामीले जिल्लामा खोप लगाउने उमेरका सवै बालबालिकाहरुले खोप पाएपछि पुर्ण खोप सुनिश्चितता तथा दिगो पना घोषणा गरिएको बताउनुभयो । जिल्लामा रहेका ५९ महिनामुनीका सवै वालवालिकालाई खोप दिइएको उहाँले बताउनुभयो । पहिलो खोप लगाएका बालबालिकाहरु अन्तिम खोप दिदाँ त्यो संख्या घट्दै जानु दुःखद भएको उहाँको भनाई रहेको थियो । 

जिल्लाका १२ वटै स्थानीय तहले पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई नै पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय बझाङका खोप अधिकृत भानुभक्त जोशी बताउनुभयो । जन्मेदेखि १५ महिनासम्मका सम्पुर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाएकाले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको उहाँको भनाई रहेको छ ।

जिल्ला खोप समन्वय समितीका उपप्रमुख तथा जिल्ला समन्वय समितीका उपप्रमुख कृष्ण विष्टको अध्यक्षतामा संञ्चालन भएको उक्त कार्यक्रममा जिल्ला जिल्लाका १२ वटा पालिकाका जनप्रतिनिधी सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी र सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै