नेभिगेशन
सुदूरपश्चिम

जयपृथ्वी - ६ मा सञ्चालन भएको स्वास्थ्य शिविरमा १ सय १९ जना सेवाग्राहीले सेवा लिए

जयपृथ्वी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज जयपृथ्वी नगरपालिकामा वडा नम्बर ६ मा क्षयरोगका बिरामीहरुको खोजपड्ताल तथा बृहत स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

जयपृथ्वी नगरपालिकालाई क्षयरोग मुक्त पालिका बनाउने अभियान अन्तर्गत आज जयपृथ्वी नगरपालिकामा वडा नम्बर ६ मा रहेको आधारभुत स्वास्थ्य केन्द्रमा क्षयरोगका बिरामीहरुको खोजपड्ताल तथा बृहत स्वास्थ्य शिविर सञ्चालन भएका हो ।

शिविरमा ८४ जना महिला र ३५ जना पुरुष गरि १ सय १९ जना सेवाग्राहीले स्वास्थ्य चेकजाँच गरि सेवा लिएको जयपृथ्वी नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक रामचन्द्र जोशीले बताउनुभयो । साथै उक्त शिविरमा ४४ जनाको क्षयरोग परीक्षणका लागि खकार नमुना संकलन समेत गरिएको जनस्वास्थ्य निरिक्षक जोशीको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै