नेभिगेशन
सुदूरपश्चिम

खप्तडछान्ना गाउँपालिका : एउटै दरबन्दीमा दुईवटा शिक्षक राखेर अनियमितता

खप्तडछान्ना गाउँपालिकाले एउटै दरबन्दीमा दुईवटा शिक्षकलाई तलबभत्ता खुवाएर अनियमितता गरेको पाइएको छ । पालिकाले आर्थिक वर्ष २०७९/०८० मा महेश्वरी मावि गडरायका शिक्षक खडकराज जोशीको दरबन्दीमा निर्मला कुमारी जोशीलाई पुन: नियुक्त गरि अनियमितता गरेको पाइएको  हो ।

महालेखा परिक्षक प्रतिवेदन २०७९/०८० को प्रतिवेदन अनुसार महेश्वरी मावि गडरायका शिक्षक खडकराज जोशीले नेपाल सरकारको संघिय शशर्त अनुदानबाट तलब भत्ता खाँदै आएको र त्यही दरबन्दीमा निर्मला कुमारी जोशीलाई पुन: नियुक्त गरि ४ लाख ३७ हजार ७२७ रुपैयाँ अनियमितता गरिएको जनाइएको छ ।

शिक्षकको उपस्थिति हुँदाहुँदै पनि थप शिक्षक राखेर गाउँपालिकाले ४ लाख ३७ हजार ७२७ रुपैयाँ अनियमितता गरेको प्रतिबेदनमा उल्लेख छ । यस विषयमा गाउँपालिका अध्यक्ष उत्तम रोकायाले भने त्यो समयमा गाउँपालिमा विद्यालय निरिक्षक नहुँदा शिक्षक खडकराज जोशीलाई गाउँपालिका कार्यालयमा तानिएको हुँदा यसो देखिएको बताउनुभयो । उहाँले अहिले दोहोरो तलब दिन बन्द गरेको र शिक्षक जोशीले अब चाँडै राजिनामा दिने बताउनुभयो ।

 

यस्तै महालेखाले गाउँपालिकालाई आन्तरिक आयको विश्लेषण नगरि बित्तिय समानिकरण अनुदानबाट १३ जना शिक्षक नियुक्त गरि बढी खर्चभार गरेको भन्दै खर्च नियन्त्रणका लागि पनि सम्झाएको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै