नेभिगेशन
सुदूरपश्चिम

भारतमा ग्यास विस्फोट हुँदा बझाङका एकै परिवारका पाँच जनाले ज्यान गुमाए

भारतको बेंग्लुरुमा खाना पकाउने ग्यास लिक हुँदा जलेर घाइते मदन र उनकी छोरी निता बोहराको पनि मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या पाँच पुगेको छ । 

भारतको कर्नाटका राज्यको एहलंका भन्ने ठाउँमा उक्त दुर्घटनामा भएको थियो । उक्त दुर्घटनामा बझाङको जयपृथ्वी नगरपालिकाका-११ सुइलका एकै परिवारका पाँच जना जलेर घाइते भएका थिए । ३२ वर्षीय मदनको आइतबार राति र उनकी छोरी ११ वर्षीया निताको सोमबार बिहान मृत्यु भएको हो । उनकी श्रीमती ३० वर्षीया प्रेमजलाको शनिबार साँझ मृत्यु भएको थियो । यसअघि उनका आठ वर्षीया छोरी अनिता र साढे चार वर्षका छोरा प्रशान्तको सोही दुर्घटनामा परी मृत्यु भइसकेको छ । उनीहरू सबैको स्थानीय भिक्टोरिया अस्पतालमा उपचार भइरहेको थियो ।

गत बुधबार राति ११ बजे तिर सबै परिवार कोठामै भएको बेला खाना पकाउने क्रममा एक्कासी ग्याँस विस्फोट भएको थियो । घटना लगत्तै घाइते पाँचै जनालाई नजिकै रहेको भिक्टोरिया अस्पताल लगिएको थियो । झ्याल नभएको कोठामा बसिरहेका उनीहरूको कोठामा ग्याँस लिक भएको र सलाई बाल्ने क्रममा आगो सल्केर बोहरा परिवारका सबै सदस्य जलेर घाइते भएका थिए ।

न्यून आर्थिक अवस्थाका ३२ वर्षीय मदन गाउँमा जिविका चलाउन गाह्रो भए पछि विगत ६ वर्षदेखि परिवारसहित भारतमा बस्दै आएका थिए । मदन बेंग्लुरुको एउटा अपार्टमेन्टमा चौकीदारको काम गरिरहेका थिए भने उनकी श्रीमतीले स्थानीयको घरमा सरसफाईको काम गर्दै छोराछोरीहरूलाई त्यहीको स्थानिय विद्यालयमा पढाइरहेका थिए ।

भारतमा रहेका नेपालीहरूले चन्दा संकलन गरेर उपचारको खर्च व्यहोरिरहेका भए पनि परिवारका कुनै सदस्यलाई बचाउन नसकिएको बेंग्लुरुमा रहेर उनीहरूको उपचारको लागि आर्थिक संकलन अभियान चलाइरहेकी नेपाली जमुना पौडेलले बताइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै