नेभिगेशन
खेल

आईपीएल : पञ्जाबलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

काठमाडौं : पञ्जाब किंग्सका स्ट्याण्ड इन कप्तान मायंक अग्रवालले अविजित ९९ रन रन बनाए पनि दिल्ली क्यापिटल्स ६ विकेटले विजयी हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा उक्लेको छ ।

नियमित कप्तान लोकेश राहुल एपेन्डिसाइटिसका कारण अस्पताल भर्ना भएपछि अग्रवालले पञ्जाबको कप्तानी सम्हालेका थिए । जहाँ उनले कप्तानी डेब्युमै अविजित ९९ रन बनाउँदा पञ्जाबले टस हारेर पहिले ब्याटिङ गर्दै दिल्लीलाई १६७ रनको लक्ष्य दिएको थियो । दिल्लीले  १७.४ ओभर खेल्दै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

यस जितपछि दिल्लीले ८ खेलबाट १२ अंक जोड्दै चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोरमाथि २ अंकको स्पष्ट अग्रता बनाएको छ । बेंगलोरले सोमबार कोलकता नाइट राइडर्ससँग खेल्दैछ । सिजनको पाँचौ हारपछि ८ खेलबाट ६ अंक रहेको पञ्जाब छैटौं स्थानमा छ ।

दिल्लीका लागि ओपनर शिखर धवनले अविजित रहँदै सर्वाधिक ६९ रन बनाए । उनले ४७ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे । यस्तै अर्को ओपनर पृथ्वी शले ३९ रन जोडे । स्टिभ स्मिथ २५ र कप्तान ऋषभ पन्त १४ रन बनाएर आउट भए । शिमरोन हेतमायरले ४ बल खेल्दै एक चौका र दुई छक्का मद्दतमा अविजित १६ रन बनाए ।

पञ्जाबका रिले मेरेडिथ, हरप्रित ब्रार र क्रिस जोर्डनले १-१ विकेट लिए ।

त्यसअघि अग्रवालले ५८ बल खेल्दै ८ चौका र ४ छक्का मद्दतमा अविजित ९९ रन बनाएका थिए । यस्तै आईपीएलमा डेब्यु गरेका विश्व नम्बर वान टी-२० ब्याट्सम्यान डेविड मालानले २६ बलमा २६ रन बनाए ।

दिल्लीका कागिसो रबाडाले ३ तथा आभेष खान र अक्सर पटेलले १–१ विकेट लिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।
भर्खरै