नेभिगेशन
सुदूरपश्चिम

प्रगतिशिलद्धारा जालपा आधारभुत विद्यालयलाई भवन हस्तानतरण 

जयपृथ्वी नगरपालिका ८ जोशीगाउँमा रहेको जालपा आधारभुत विद्यालयलाई भवन हस्तानतरण गरिएको छ । सोमबार प्रगतिशिल युवा समाजले विद्यालयलाई निर्माण गरिएको दुई कोठे बालमैत्री, भुकम्प प्रतिरोधी विद्यालयलाई हस्तान्तरण गरेको हो । 
वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग प्रगतिशिल युवा समाजको प्राविधिक तथा जयपृथ्वी नगरपालिकाको समन्वयमा विद्यालयमा निर्माण गरिएको उक्त विद्यालय भवन एक औपचारिक कार्यक्रम गरी जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजाल र प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश केसीले विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बिन्देश्वरी जोशीलाई भवन हस्तान्तरण गर्नुभएको हो । ४८ लाख ५९ हजार दुई सय ६१ रुपैयाँ लागतमा निर्माण भएको उक्त भवनका दुई वटा कक्षा कोठा रहेका छन् भने, विद्यालय भवनमा वाइरिङ र रेलिङ समेत राखिएको छ । 

03-pys-1716821494.jpg

भवन हस्तान्तरणका क्रममा बोल्दै जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजालले विद्यालयको शैक्षिक स्तर उकास्न र भौतिक संरचनाको क्षेत्रमा प्रगतिशिल युवा समाजले निर्माण गरेका भौतिक संरचना प्रभावकारी र गुणस्तरीय भएको बताउनुभयो । विद्यालय सवैको साझा थलो भएको बताउँदै मेयर बजालले आगामी दिनमा यसको संरक्षण तथा मर्मतका लागि स्थानीयहरुले सक्रियता देखाउन आवश्यक रहेको र विद्यार्थीहरुलाई दिइने शिक्षामा सवैको ध्यानाकर्षण हुन जरुरी रहेको बताउनुभयो ।
यस्तै प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश केसीले विगत २० वर्षदेखी सामाजिक क्षेत्रमा काम गर्दै आएको प्रगतिशिल युवा समाजले शिक्षाको क्षेत्रबाट समाज रुपान्तरण गर्नका लागि काम गर्दै आइरहेको बताउनुभयो । स्थानीय सरकार, संघसंस्था सवैले समाज रुपमान्तरणका लागि लिएको लक्ष्य पूरा गर्नका लागि सवैको समान सहभागिता र सकारात्मक सोचाई जरुरी रहेको उहाँको भनाई थियो । संस्थाले समुदायमा शिक्षाको क्षेत्रमा आवश्यकताका आधारमा काम गर्दै आइरहेकाले आगमी दिनमा आवश्यकताका आधारमा काम गर्दै जाने र बनेका संरचनाहरुको संरक्षणका लागि सवैसँग हातेमालो गरिने केसीले बताउनुभयो । 

02-pys-1716821615.jpg


प्रगतिशिल युवा समाजले अघिल्लो वर्ष यही विद्यालयमा दुई कोठे ट्रस्ट भवन निर्माण गरेको थियो भने, विद्यालयमा वासाई व्यवस्थापनका क्षेत्रमा पनि सहयोग गर्दै आएको छ । विद्यालय भवन हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका पदाधिकारी, शिक्षक अभिभावक, जनप्रतिनिधी, प्रगतिशिल युवा समाजका सहसचिव प्रविन्द्र धामी, कार्यकारी निर्देशक लवराज जोशी लगाएत विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

04-Pys-1716821664.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै