नेभिगेशन
खेल

'टाइगर' नेपालको भरोसाका केन्द्र

क्रिकेटमा छक्का प्रहार गर्न त्यति सहज हुँदैन । त्यो पनि ६ बलमा लगातार छक्का प्रहार गर्नु अधिकांश ब्याट्सम्यानलाई सपना जस्तै हुन्छ । तर नेपालका दीपेन्द्रसिंह ऐरीले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा दुई पटक ६ बलमा ६ छक्का प्रहार गरेका छन् ।

पहिलो पटक उनले गत सेप्टेम्बरमा चीनको होङ्जाउमा आयोजित एसियन गेम्सअन्तर्गत मंगोलियाविरुद्ध यस्तो सफलता हात पारेका थिए। ती ६ बल एकै ओभरका भने थिएनन् । १९ औँ ओभरको अन्तिम ५ बलमा लगातार छक्का प्रहार गरेका दीपेन्द्रले २० औँ ओभरको दोस्रो बलमा पनि छक्का प्रहार गर्दै दुर्लभ सफलता प्राप्त गरेका थिए। त्यही खेलमार्फत उनले ९ बलमा अर्धशतक पुरा गर्दै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाए।

यो कीर्तिमान तोडिन लगभग असम्भवजस्तै छ। उनै दीपेन्द्रले गत अप्रिलमा कतारविरुद्ध फेरी ६ बलमा ६ छक्का प्रहार गरेका थिए। यस पटक ती सबै ६ बल एकै ओभरका थिए । २० औँ ओभरमा उनले कमरान खानलाई ६ छक्का प्रहार गरेका थिए।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै ओभरमा ६ छक्का प्रहार गर्ने उनी इतिहासका केवल तेस्रो खेलाडी हुन्। यसअघि भारतका युवराज सिंहले सन् २००७ मा इङ्ल्यान्डका स्टुवार्ट ब्रोड र वेस्ट इन्डिजका कायरन पोलार्डले सन् २०२१ मा श्रीलंकाका अकिला धनन्जयविरुद्ध उक्त सफलता प्राप्त गरेका थिए। त्यस खेलमा दीपेन्द्रले १० बलमा ५२ रन जोडेका थिए । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको कुनै पनि इनिङ्समा कम्तीमा २५ रन जोडेका ब्याट्सम्यानको हकमा यो विश्व कीर्तिमानी स्ट्राइक रेट हो। त्यस खेलमा उनले ५२० को स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए।

दीपेन्द्र सन् २०१७ देखि नेपाली सिनियर राष्ट्रिय टोलीमा छन्। उनी नेपालका लागि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान हुन्। दीपेन्द्रले ६४ खेलका ५६ इनिङ्स खेल्दै एक शतक र ९ अर्धशतकसहित एक हजार ६ सय २६ रन जोडेका छन्। उनको ब्याटिङ औसत ३८.७१ र स्ट्राइक रेट १४६.७५ छ।

उनी नेपाली टोलीका प्रभावशाली बलर पनि हुन् । उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका ३८ इनिङ्समा बलिङ गर्दै ३७ विकेट लिएका छन्। दीपेन्द्रको बलिङ इकोनोमी ६.१ छ। सबैभन्दा राम्रो बलिङ गरेको इनिङ्समा रूपमा उनले १८ रन दिएर ४ विकेटसम्म लिएका छन्।

दीपेन्द्रले ५५ एकदिवशीय अन्तर्राष्ट्रिय इनिङ्समा एक शतक र ३ अर्धशतकसहित ८ सय ९६ रन जोडेका छन्। यस्तै ४९ टी-२० अन्तर्राष्ट्रिय इनिङ्समा ३८ विकेट हात पारेका छन्। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनी हालसम्म शून्यमा आउट भएका छैनन्।

उनले सन् २०२२ को मार्चमा मलेसियाविरुद्ध एक सय १० रन जोडेका थिए। उनले यूएई, हङकङ, ओमान, नेदरल्यान्ड्सजस्ता टोलीविरुद्ध अर्धशतक बनाएका छन्। यस्तै सन् २०१९ मा जिम्बावेविरुद्ध ४० रन जोडेका थिए। गत वर्ष आयोजित एसियन गेम्सअन्तर्गत भारतविरुद्ध उनले ३२ रन बनाएका थिए। नेपालमा भएको टी-२० विश्वकपको एसियाली छनोटअन्तर्गत सेमिफाइनलमा यूएईविरुद्ध अविजित ३४ रन जोडेका थिए। नेपालले त्यही खेलमा यूएईलाई हराएर विश्वकपमा १० वर्षपछि स्थान बनाएको थियो।

मध्य क्रम ब्याटिङमा आउने उनी नेपाली टोलीका भरपर्दा फिनिसर हुन्। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४ वटा फरक विकेटका लागि राष्ट्रिय कीर्तिमानको साझेदारीमा दीपेन्द्र हिस्सेदार छन्। उनले सन् २०२३ को अक्टोबरमा हङकङविरुद्ध कुशल मल्लसँग मिलेर पाँचौँ विकेटका लागि एक सय ४५ रनको साझेदारी गरेका थिए।

गत फेब्रुअरीमा नेदरल्यान्ड्सविरुद्ध करण केसी र दीपेन्द्रबीच सातौँ विकेटका लागि ५५ रनको साझेदारी भएको थियो। उनले आठौँ विकेटका लागि सोमपाल कामीसँग दुई पटक ३६ रनको राष्ट्रिय कीर्तिमानी साझेदारी गरेका छन्। चुम्बकीय फिल्डिङ, विस्फोटक ब्याटिङ र किफायती बलिङ गर्दै विकेट लिने क्षमताका कारण दीपेन्द्र आसन्न विश्वकपमा विपक्षीको नजरमा हुनेछन्। उनीसँग क्यानडाको विश्व चर्चित ग्लोबल टी-२० लिग पनि खेलेको अनुभव छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।
भर्खरै