नेभिगेशन
खेल

नेपालले लगातार दोस्रो जित निकाल्यो, हुरिकेन्स ९६ रनमा समेटियो

आइसिसी टी-२० विश्वकपको तयारीका लागि हस्टन हुरिकेन्सविरुद्ध नेपालले दोस्रो जित निकालेको छ। पहिलो अभ्यास खेलमा शनिबार ६ रनको जित निकालेको नेपाल आइतबार बिहान सम्पन्न दोस्रो खेलमा २७ रनले विजयी भएको हो।

सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १२४ रनको लक्ष्य पछ्याएको हुरिकेन्स १८.३ ओभरमा ९६ रन बनाएर अलआउट हुँदा नेपाल २७ रनले विजयी भएको हो।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४१ रन जोड्दा कुशल भुर्तेलले २३ रन बनाए। गुल्सन झा १४ रनमा आउट हुँदा आशिफ शेख १, अनिलकुमार शाह ४ रनमा आउट भए। कुशल मल्लले मात्र २ रन जोडे। सन्दीप जोरा र सोमपाल कामीले नटआउट समान १२-१२ रन जोडे। पूरै २० ओभर खेल्दै नेपालले ६ विकेट गुमाएर १२३ रन बनाएको थियो।

१२४ रनको लक्ष्य पछ्याएको हुरिकेन्सलाई सस्तैमा समेट्न नेपालका लागि करण केसीले मात्र १० रन दिएर तीन विकेट हात पारे। सोमपाल कामीले दुई विकेट लिँदा रोहितकुमार पौडेल, अविनास बोहोरा र सागर ढकालले समान एकएक विकेट हात पारे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।
भर्खरै