नेभिगेशन
सुदूरपश्चिम

 जयपृथ्वी अस्पताल चैनपुरमा वैशाख ३० र ३१ गते वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर आउँदै

बझाङमै पहिलो पटक जयपृथ्वी अस्पताल प्रा.लि. चैनपुरमा वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर आउनुहुने भएको छ । नेपालकै प्रसिद्ध मानिएको मुटु अस्पताल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाण्डौमा काम गर्नुभएका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चित्रराज शर्मा मुटुको भिडियो एक्स-रे/ ECHO सुविधा सहित यही बैशाख  ३० र पर्सि ३१ गते  जयपृथ्वी अस्पताल प्रा. लि. चैनपुर बझाङमा बिरामी चेकजाँच तथा उपचारका लागि आउन लाग्नुभएको हो ।

अस्पतालका प्रबन्धक अशोक मल्लका अनुसार भारत सरकारको छात्रवृत्तिमा PGIMER चण्डिगडबाट इण्टर्नल मेडिसिनमा MD र नेपाल सरकारको छात्रवृत्तिमा न्याम्सबाट कार्डियोलोजी विषयमा DM गर्नुभएका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर चित्रराज शर्माले बझाङमा पहिलो पटक इको सुविधासहित जन्मजात मुटुमा समस्या,  मुटु सुन्निने, मुटुको भल्भको समस्या, हृदयघात, छाती दुख्ने दम तथा स्वासप्रश्वास सम्बन्धी दीर्घरोगको उपचार सम्बन्धी सेवा प्रदान गर्नु हुनेछ। यसका साथै शिविरमा मुटुको धड्कनमा गडबडी, रक्तनलीमा समस्या, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल तथा मुटु सम्बन्धी दिर्घ रोग भएकाहरुको पनि उपचार गरिने प्रबन्धक मल्लले बताउनुभयो । उहाँका अनुसार मुटुको समस्याले खुट्टा सुन्निने, थकाइ लाग्ने, सास फेर्न गार्हो हुने, थाइरोइडको समस्या, डायविटिज, युरिक यसिड, बाथरोग जस्ता दिर्घ रोगको पनि उपचार गरिनेछ । 

डाक्टर शर्माले एन्जीयोप्लास्टी गरेका बिरामीको फ्लो अप जाँच सेवा वाइपास सर्जरी र भल्बको अपरेशन भएका बिरामीहरुको फ्लोअप र मुटु सम्बन्धी औषधी सेबन गरिरहेका बिरामिहरुको फलोअप चेकअप तथा परामर्श सेवा दिइने जयपृथ्वी अस्पतालले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै