नेभिगेशन
सुदूरपश्चिम

एमाले बझाङले चैत्र २५ गतेदेखी प्रसार प्रचार गर्ने 

रिदम सिंह, बझाङ। नेकपा एमालेले यही चैत्र २५ गतेदेखी उपनिर्वाचन प्रसार प्रचारका कामलाई अघाडी बढाउने भएको छ । आज पार्टी कार्यालयमा बसेको नेकपा एमाले बझाङको ५४ औं पूर्ण बैठकले उपनिर्वाचनको प्रसार प्रचार गर्ने लगाएका उविभिन्न निर्णहरु गरेको हो । 
आगामी बैशाख १५ गतेदेखी बझाङ १ को प्रदेशसभा १ मा हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन गर्न पर्ने आवश्यक गतिविधीका विषयमा आज छलपवmल गरिएको हो । आजको छलफलबाट यही चैत्र २५ गते तल्कोट गाउँपालिकाबाट प्रसार प्रचार अभियान सुरु गर्ने निर्णय भएको नेकपा एमाले बझाङका सचिव आनन्दलाल विश्वकर्माले बताउनुभयो । आजकै बैठकबाट पार्टी उपाध्यक्ष मोहनराज जैशीको संयोजकत्वमा तीन सय ३६ जनाको मुल प्रसारप्रचार उपसमिती, आर्थिक समिति, बुथकेन्द्र सुरक्षा उपसमिती, लगाएतका समितीहरु समेत गठन गरिएको सचिव विश्वकर्माले बताउनुभयो । 
आगामी बैशाख १५ गते हुन गइरहेको प्रदेश सभा उपनिर्वाचनमा नेकपा एमालेले दमन भण्डारीलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य तथा आन्तरिक मामिला मन्त्री पृथ्वी बहादुर सिंहको गत असारमा सवारी दुर्घटना परी निधन भएपछी यो क्षेत्र रिक्त रहेको छ ।  
साथै नेकपा एमालेले भण्डारीलाई निर्वाचनमा विजयी गराउनका लागि समेत आम बझाङ क्षेत्र नं. १ का आम नागरिकहरुका आग्रह समेत गरेको छ । बौद्धिक, शालिन र भद्र नेताका रुपमा रहेका भण्डारी निर्वाचित भएको खण्डमा बझाङ विकासमा सघाउ पुग्ने र नागरिकका अपेक्षा पुरा हुने एमाले बझाङले जनाएको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै