नेभिगेशन
राजनिति

एकीकृत समाजवादीबाट बझाङका जोशी बन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

नेकपा एकीकृत समाजवादीले पनि सरकारमा सहभागी हुने दुई मन्त्रीको नाम पठाएको छ। समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भानुभक्त जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढालाई सहरी विकास मन्त्रालयमा पठाएका छन्। 

सत्ता गठबन्धन दलहरूले मन्त्रालय भागबन्डा र सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएका छन्।

नेकपा (एमाले) ले ८ मन्त्रालय पाएको छ। नेकपा (माओवादी केन्द्र) ले ५, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मन्त्रालय पाएका छन्।

गठबन्धनमा जसपा पनि छ। तर उसले मन्त्रीहरूको नाम दिइसकेको छैन।

नेकपा (एकीकृत समाजवादी) पनि दुई मन्त्रालयसहित सरकारमा सामेल हुने तय भए पनि मन्त्री पठाइसकेका छैनन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गत सोमबार कांग्रेससँग सहकार्य तोड्दै नयाँ समीकरण बनाएका थिए।

नयाँ मन्त्रीहरूले बुधबार साँझ ७ बजे शपथ लिने कार्यक्रम तय भएको छ।

कुन पार्टीबाट को भए मन्त्री?

नेकपा एमाले
१. रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री

२. राजेन्द्रकुमार राई, मन्त्री खानेपानी 

३. पदम गिरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री

४. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी

५. भगवती चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

६. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री

७. हरि उप्रेती, रक्षा मन्त्री

८. ज्वालाकुमारी साह, कृषि मन्त्री

नेकपा (माओवादी केन्द्र)

१. नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र मन्त्री

२. वर्षमान पुन, अर्थमन्त्री

३. शक्तिबहादुर बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री

४. रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्री

५. हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी

१. रवि लामिछाने, उपप्रधान तथा गृहमन्त्री

२. सुमना श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री

३. बिराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री

४. डोलप्रसाद अर्याल (डिपी), श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री

नेकपा एकीकृत समाजवादी पार्टी

१. भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन

२.धनबहादुर बुढा सहरी विकास मन्त्रालय
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै