नेभिगेशन
सुदूरपश्चिम

बझाङमा खाद्यबालीको उत्पादनमा वृद्धि

बझाङ : सुदूरपश्चिम प्रदेशका नौ जिल्ला मध्ये सबैभन्दा बढी बझाङमा बालीको उत्पादन वृद्धि भएको पाइएको छ । कृषि विकास निर्देशनालय सुदूरपश्चिमका अनुसार बझाङमा सबैभन्दा बढी ५१ दशमलव ६२ प्रतिशतले खाद्यन्नबाली उत्पादन वृद्धि भएको हो । गत वर्ष बझाङमा ९१ हजार ७ सय २८ मेट्रिकटन खाद्यबाली तथा अन्य बाली उत्पादन भएको कृषि विकास निर्देशनालय सुदूरपश्चिमले जनाएको छ ।

प्रदेशका नौवटै जिल्लामा गरी १८ लाख ९ हजार एक सय ७० मेट्रिकटन खाद्य तथा अन्य बाली उत्पादन भएको छ । गत वर्ष खाद्यबाली उत्पादनमा कञ्चनपुर जिल्ला सबैभन्दा अग्रस्थानमा छ । कृषि विकास निर्देशनालय सुदूरपश्चिमका अनुसार कञ्चनपुरमा ६ लाख ९१ हजार पाँच सय ९८ मेट्रिकटन खाद्यबाली तथा अन्य बाली उत्पादन भएको छ।त्यस्तै कैलालीमा पाँच लाख ५१ हजार ६ सय ९८ मेट्रिकटन खाद्यन्न तथा अन्य बाली उत्पादन भएको प्राप्त तथ्यांकले देखाएको छ। दार्चुलामा भने सबैभन्दा कम ५१ हजार ६ सय ५३ मेट्रिकटन मात्र उत्पादन भएको छ।

डडेल्धुरामा ८० हजार ६ सय २२ तथा बाजुरामा ६५ हजार ७ सय मेट्रिकटन खाद्य तथा अन्यबाली उत्पादन भएको छ । डोटीमा एक लाख १७ हजार ९ सय ९२ तथा अछाममा ८५ हजार पाँच सय ५३ मेट्रिकटन खाद्य तथा अन्यबाली उत्पादन भएको छ। खाद्य तथा अन्य बालीको उत्पादनमा कञ्चनपुर जिल्लाको हिस्सा सबैभन्दा बढी ३८ दशमलव २३ प्रतिशत र दार्चुला जिल्लाको सबैभन्दा कम २ दशमलव ८६ प्रतिशत देखिएको छ।खाद्य तथा अन्य बालीको उत्पादन १५ दशमलव ३७ प्रतिशतले वृद्धि भएको छ।

प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी जौं र धानको उत्पादन क्रमशः ५८ दशमलव ३४ प्रतिशत र ४९ दशमलव ४० प्रतिशतले वृद्धि भएको छ भने फापरको उत्पादनमा भने सबैभन्दा बढी १८ दशमलव ३४ प्रतिशतले ह्रास आएको छ। जिल्लागत आधारमा बाजुरा, बझाङ, दार्चुला, डोटी, कैलाली, कञ्चनपुर जिल्लामा खाद्य तथा अन्य बालीको उत्पादनमा वृद्धि भएको छ भने बैतडी, डडेलधुरा र अछाममा उत्पादनमा ह्रास आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै