नेभिगेशन
सुदूरपश्चिम

सुदूरका पहाडी राजमार्गका मोडहरूमा ऐना जडान गरिँदै

 सडक डिभिजन कार्यालय, कुलपाते डोटीले गत आर्थिक वर्ष २०७९/८० मा सेती राजमार्ग क्षेत्रका मोडहरूमा १६ वटा ऐना जडान गरेको थियो। डडेल्धुराको स्याउलेदेखि डोटीको सिलगढी क्षेत्रका मोडहरूमा ऐना जडान गरिएको हो।

डडेलधुराको रडुवा खोला क्षेत्रका ठुला मोडहरूमा दुर्घटना न्यूनीकरण गर्न भन्दै सरकारले ऐना जडान गरेको छ। डडेल्धुराको स्याउलेदेखि डोटीको सिलगढीसम्मको सेती राजमार्गमा गत आर्थिक वर्षमा ऐना जडान गरिएको थियो। सडक डिभिजन कार्यालय, कुलपाते डोटीका सूचना अधिकारी रामचन्द्र जोशीले गत आर्थिक वर्षमा डडेल्धुरा र डोटी क्षेत्रमा ऐना जडान गरिएको बताए। उनले भने, ‘गत वर्ष १६ वटा लगाएको हो। गत वर्ष सेती राजमार्गमा हो। डडेल्धुरादेखि सिलगढी ६५ किलोमिटरमा ऐना जडान गरेका थियौ।’

गत आर्थिक वर्ष २०७९/८० मा सेती लोकमार्ग क्षेत्रमा १६ वटा ऐना जडान गरेको सडक डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा थप ८६ वटा ऐना जडान गर्दैछ। कैलालीको फल्टुडेदेखि डोटी, डडेल्धुरा क्षेत्रको महाकाली राजमार्ग, डडेल्धुराको स्याउले हुँदै डोटीको सिलगढीसम्मको राजमार्ग र डोटीको सिलगढीदेखि अछामको चौखुट्टेसम्म चालु आर्थिक वर्षमा ऐनाहरू जडान गरिने भएको हो।

ऐना जडानका लागि सडक डिभिजन कार्यालय, डोटीले १३ लाख रुपैयाँ खर्च गर्दैछ। सडक डिभिजन कार्यालय, डोटीका इन्जिनियर ज्ञानकुमार रामले ८६ वटा ऐना जडान गर्ने बताए। ‘आवश्यकताका आधारमा ऐना राख्दैछौ,’ उनले भने। सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने महाकाली राजमार्ग, डोटी, अछाम र बाजुरा जोड्ने सेती राजमार्ग तथा बाजुरा र अछाम जिल्ला जोड्ने चौखुट्टे सडक खण्डका मोडहरूमा ऐना जडान हुँदैछ। मोडहरूमा जडान गरिएका ऐनाका कारण विपरीत दिशाबाट आएका सवारी देखिने र दुर्घटना कम हुने अपेक्षा गरिएको छ। एउटा ऐना जडानका लागि कम्तीमा १४ हजारसम्म खर्च हुँदैछ।

महाकाली राजमार्ग क्षेत्रका मोडहरू सुधारको कार्यक्रम भएपनि सेती लोकमार्गका मोडहरू सुधार गरिएका छैनन्। तर, रडुवा क्षेत्रको सडक मर्मतको काम भने जारी छ। दुर्घटना र पहिरो जाने क्षेत्रमा सडक मर्मत थालिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै