नेभिगेशन
सुदूरपश्चिम

युवा नेता सिंहले जन्मदिनको अवसरमा फलफूल वितरण गरे

बझाङ : नेकपा एमाले जिल्ला कमिटि बझाङका सदस्य एवं खप्तडछान्ना गाउँपालिका ईन्चार्ज लोकेन्द्र बहादुर सिंहले जन्मदिनको अवसर पारेर बिरामीहरुलाई फलफूल वितरण गर्नुभएको छ । आज आफ्नो जन्मदिनको अवसरमा युवा नेता सिंहले जिल्ला अस्पताल बझाङमा उपचाररत बिरामिहरु र जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका कैदिबन्दीहरुलाई फलफूल वितरण गर्नुभएको हो । 

जिल्ला अस्पताल बझाङमा उपचारत ३० जना बिरामी र जिल्ला कारागारमा रहेका ७२ जना कैदिबन्दी गरेर १ सय दुई जनालाई फलफूल वितरण गरिएको हो । सिंहले जिल्ला अस्पतालका बिरामिहरुलाई स्वास्थ्य लाभको कामना गर्दै आफ्नो जन्मदिन बिरामीको सेवा गरेर मनाउँदा निकै खुसी लागेको बताउनुभयो । उहाँले हजारौं रकम खर्च गरेर भड्किलो जन्मदिन मनाउनुभन्दा कसैको सेवा र सहयोग गरेर जन्मदिन मनाउनु उत्तम लागेको बताउनुभयो । जन्मदिनको अवसरमा मात्र नभई समस्यामा परेका नागरिकलाई जहिले पनि सहयोग गरी रहने सिंहको भनाई छ। 

फलफूल वितरण कार्यक्रममा जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, बिरामी र जिल्ला कारागारका कैदिबन्दीले नेता सिंहलाई जन्मदिनको शुभकामना सहित धन्यवाद दिएका थिए । कार्यक्रममा जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सर्जन थापा, बझाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष शंकर रसाइली,  हिक्मत विक, राकेश सिँह लगाएतको लगायतको सहभागिता रहेको थियो । 

Lb singh1708082563.jpghospital1708082686.jpg

karagar1708082834.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै