नेभिगेशन
समाज

महेन्द्रनगरबाट काठमाडौं हिडेको बस कपिलवस्तुमा दुर्घटना, १० जनाको मृत्यु

कपिलबस्तुको शिवराज नगरपालिका १ सुरही खोलामा बस खस्दा १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । सुरही खोलामा ०२–००१ख–००९८ न.को सुनौलो महाकाली यातायातको यात्रुबाहक बस दुर्घटना भएको हो । 

सशस्त्र प्रहरी बल नेपाल नं.२८ गण कपिलबस्तुमा सशस्त्र प्रहरी उपरिक्षक जीवन केसीका अनुसार महेन्द्रनगरबाट काठमाण्डौ तर्फ जादै गरेको यात्रु बहाक बस सडकबाट २ सय फिट तल खसेको बताउनुभयो । घाइते भएकालाई बुटवल तथा भालुवाङ तर्फ पठाइएको उहाँको भनाई छ ।

उक्त घटना स्थलमा शसस्त्र प्रहरी उपरिक्षक केसी सहित ६० जनाको टोलीद्धारा उद्दार कार्य भइरहेको छ । यद्यपि घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै