नेभिगेशन
सुदूरपश्चिम

तामझामका साथ उद्घाटन भयो मष्टाको खेतकोट - घचाया सडकखण्ड

मष्टा गाउँपालिकामा खेतकोट - घचाया सडकको सोमबार तामझामका साथ उद्घाटन गरिएको छ । गत वर्षदेखि सडक कटान कार्य सुरु भएको खेतकोट- घचाया सडक खण्डको काम सम्पन्न भएपछि सोमबार एक औपचारिक कार्यक्रमबीच तामझामका साथ उद्घाटन गरिएको हो । मष्टा गाउँपालिकाको करीब ४० लाख बजेटमा गत आर्थिक वर्ष २०७९/८० बाट सडक कटान कार्य सुरु भएको थियो । 

दुई किलोमिटर लम्बाई रहेको उक्त सडकमा आजबाट सवारी साधनहरु चल्न सुरु भएको मष्टा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिनुभयो । अब सडक निमाणर् कार्य सम्पन्न भएर सुचारु भएपछि गाउँपालिकाको वडा नम्बर १ र २ तथा पालिका भित्र चल्ने छोटो दुरीमा यात्रा गर्न सहज हुने भएको वडा अध्यक्ष रोकायाले बताउनुभयो । उहाँले आफु निर्वाचित हुनु अगावै उक्क्त सडक निमाणर्को लागि पहल गरेको बताउनुभयो । 

खेतकोट - घचाया सडक समितीका अध्यक्ष सुवास खड्काको अध्यक्षतामा सञ्चालन भएको सडक उद्घाटन कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहरा रहनुभएको थियो । विशिष्ट अतिथीमा गाउँपालिका उपाध्यक्ष हर्क धामी रहनुभएको थियो । अतिथीमा वडा नम्बर १ का वडा अध्यक्ष रामचन्द्र रोकाया, वडा नम्बर ४ का वडा अध्यक्ष उत्तमराज जोशी, प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद सुवेदी रहनुभएको थियो । कार्यक्रममा गाउँपालिकाका सम्पुर्ण जनप्रतिनिधि, कर्मचारी, इन्जिनियर र स्थानियहरुको सहभागिता रहेको थियो ।

मष्टा गाउँपालिकामा खेतकोट - घचाया सडक उद्घाटन गरीएको छ । गत वर्षदेखि सडक कटान कार्य सुरु भएको खेतकोट- घचाया सडक खण्डको काम सम्पन्न भएपछि आज एक औपचारिक कार्यक्रमका साथ उद्घाटन गरिएको हो । मष्टा गाउँपालिकाको करीब ४० लाख बजेटमा गत आर्थिक वर्ष २०७९/८० बाट सडक कटान कार्य सुरु भएको थियो । 

दुई किलोमिटर लम्बाई रहेको उक्त सडकमा  सोमबारबाट सवारी साधनहरु चल्न सुरु भएको मष्टा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिनुभयो । अब सडक निमाणर् कार्य सम्पन्न भएर सुचारु भएपछि गाउँपालिकाको वडा नम्बर १ र २ तथा पालिका भित्र चल्ने छोटो दुरीमा यात्रा गर्न सहज हुने भएको वडा अध्यक्ष रोकायाले बताउनुभयो । उहाँले आफु निर्वाचित हुनु अगावै उक्क्त सडक निमाणर्को लागि पहल गरेको बताउनुभयो । 

खेतकोट - घचाया सडक समितिका अध्यक्ष सुवास खड्काको अध्यक्षतामा सञ्चालन भएको सडक उद्घाटन कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहरा रहनुभएको थियो । विशिष्ट अतिथीमा गाउँपालिका उपाध्यक्ष हर्क धामी रहनुभएको थियो । अतिथीमा वडा नम्बर १ का वडा अध्यक्ष रामचन्द्र रोकाया, वडा नम्बर ४ का वडा अध्यक्ष उत्तमराज जोशी, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद सुवेदी रहनुभएको थियो । कार्यक्रममा गाउँपालिकाका सम्पुण जनप्रतिनिधि, कर्मचारी, इन्जिनियर र स्थानियहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै