नेभिगेशन
सुदूरपश्चिम

यी हुन् फर्जी प्रमाण पेस गरि सिम निकालेर पैसा लुट्ने बित्थडचिरका सिभिल इन्जिनियर बोहरा

नेपाल टेलिकम डडेल्धुराबाट फर्जी प्रमाणपत्र पेस गरेर सिम निकाल्ने घट्नामा संलग्नलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले सार्वजनिक गरेको छ ।

बझाङको बित्थडचिर गाउँपालिका-१ का २६ वर्षीय धनबहादुर बोहरालाई प्रहरी शनिबार पक्राउ गरेको थियो । उनी बित्थडचिर गाउँपालिका सिभिल इन्जिनियर समेत हुन ।

धनबहादुरले माघ २३ गते बित्थडचिरकै मोहनबहादुर बोहराको मतदाता नामावली परिचयपत्र डाउनलोड गरेर अवैध रूपमा सिम निकालेका थिए।

उक्त सिमबाट सञ्चालित नविल बैंकको मोबाइल बैंकिङ एपबाट ७२ हजार एकसय ट्रान्सफर गरि ३५ हजारको नमस्ते र ३५ हजारकै एनसेलको रिचार्ज कार्ड लिएको बुझिएको छ ।

बागबजारको मित्र मोबाइलबाट रिचार्ज कार्ड किनेर उनि बझाङ गएको डीएसपीले दिपक कुमार कार्कीले बताए।

अपरिचित व्यक्तिले मतदाता नामावलीको प्रमाणपत्र दुरुपयोग गरेर सिम झिकेपछि बिहीबार बोहराले प्रहरीमा उजुरी दिएका थिए।

उनकै उजुरीका आधारमा डडेल्धुरा प्रहरीले लोकेशन ट्रेस गरेर बझाङ प्रहरीलाई खबर गरेको थियो। त्यसपछि बझाङ प्रहरीले धनबहादुरलाई पक्राउ गरेर डडेल्धुरा प्रहरीलाई बुझाएको डडेल्धुरा प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार धनबहादुरलाई ल्याउन जिल्ला प्रहरी कार्यालय डडेल्धुराका इन्सपेक्टर कुसुम नायक आफैं बझाङ पुगेका थिए।

प्रयोगमा रहेको सिम हराएको भएपनि सोही नम्बरको नयाँ सिम निकाल्ने क्रममा सक्कलै नागरिकता र स्वयम् व्यक्ति उपस्थित भएर अर्को सिमकार्ड लिने प्रावधान छ।

तर, टेलिकमले अनलाइनमा प्रविष्ट रहेको मतदाता नामावली परिचयपत्र डाउनलोड गरेर गएका अपरिचित व्यक्तिलाई सिमकार्ड दिएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै