नेभिगेशन
सुदूरपश्चिम

बझाङमै पहिलो पटक दुर्गाथली गाउँपालिका – २ ले गर्‍यो आयोजना बैंक सार्बजनिक 

दिर्घ रोगीहरूलाई स्वास्थ्य र व्याबसायिक कृषि कार्ड पनि वितरण

बझाङ : दुर्गाथली गाउँपालिका वडा नम्बर २ मा आयोजना बैंक सार्बजनिक गरिएको छ । वडाको विकास व्यवस्थापनको लागि आयोजना बैक सार्बजनिक गरिएको हो । वडा भित्रका सामाजिक योजना लक्ष्य प्राप्त गर्ने, आयोजनाको पूर्व प्राथामिकिकरण गर्ने, कार्यान्वयन निकायलाई उत्तरदायि बनाउने, विकास व्यवस्थापन सिद्धान्त अनुसरण गर्ने, सरोकारवाला निकायलाई सहजिकरण गर्ने लगाएतका लक्ष्यले बैक सार्बजनिक गरिएको छ । 

आयोजना बैकमा रहेका आयोजना प्राथमिकताको आधारमा  छनौट गरि योजनाको कार्यान्वयन गर्ने र गराउने कुरामा वडा कार्यलय कटिबद्ध रहने वडा अध्यक्ष धनराज मिश्रले जानकारी  दिनुभयो । उहाँले आफुलाई उक्त्त योजना बैंक निमार्ण गर्न एक वर्षको समय लागेको बताउनुभयो । आयोजना बैंक सार्बजनिक गर्नेमा दुर्गाथली गाउँपालिका वडा नम्बर २ बझाङ जिल्लामै पहिलो बनेको छ ।

आयोजना बैकमा शिक्षा, स्वास्थ्य, खेलकुद, उद्योग, कृषि,वन, पर्यटन, खानेपानी, टोलसुधार बाटो निमार्ण, जनचेतना कार्यक्रम, प्रशासन, सार्वजनिक शौचालय लगाएतका महत्वपुर्ण विषयहरु समेटिएका छन् । विगतमा निर्धारित समयमा आयोजना कार्यान्वयन गर्न नसकिएको अनुभवका आधारमा कार्यान्वयन प्रभावकारी बनाउन आयोजना बैंकको अवधारणा आएको हो ।

यसैबिच वडाका दिर्घ रोगीहरूलाई वडा कार्यलयद्वारा दिर्घ रोगी स्वास्थ्य कार्ड र व्याबसायिक कृषि कार्ड पनि बितरण गरिएको बताइएको छ । दुर्गाथली गाउँपालिका वडा नम्बर २ ले पछिल्लो समय जिल्लामै रचनात्मक कार्यहरु गरिरहेको स्थानियको भनाई । वडा अध्यक्ष धनराज मिश्रको नेतृत्वले वडामा फरक र सकारात्मक गतिविधीलाई प्राथामिकता दिएको स्थानिय वडावासिको बुझाइ छ ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै