नेभिगेशन
सुदूरपश्चिम

बझाङमा कोरोना संक्रमितको संख्या २ सय ४ पुग्यो, संक्रमित घरमै गएर बस्दा झन् जोखिम

बझाङ : बझाङमा आइतबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बझाङमा ७३ जनामा गरिएको एन्टिजेन परिक्षणमा २२ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय बझाङका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले बताउनुभयो  । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या २०४ पुगेको छ भने ३ जनाको मृत्यु भइसकेको छ । जिल्लाभर ७२४ जनाको एन्टिजेन विधिबाट परिक्षण गरिएकोमा  २०४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशीले बताउनुभयो  । 

पालिकागत रुपमा हेर्दा तल्कोट गाउँपालीकाका २ जना पुरुष, छबीसपाथीभेरा गाउँपालिकामा ३ जना पुरुष, थलारा गाउँपालिकामा ६ जना  पुरुष , दुर्गाथली गाउँपालिकामा १ पुरुष र १ महिला रहेका छन् । त्यसै गरि बुङगल नगरपालिका १ जना पुरुष , केदारस्युँ गाउँपालिकामा सबैभन्दा बढी ११ जना पुरुष , बित्थडचिर गाउँपालिकामा २ जना पुरुष र जयपृथ्वी नगरपालिकामा १ जना पुरुष र १ जना महिला रहेका छन् । अहिले २० जना आइसोलेसनमा रहेको र १ सय ७२ जना होम आइसोलेसनमा रहेको  स्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशीले बताउनुभयो ।  

स्वास्थ्य कार्यालयका प्रमुख  जोशीले स्थिति झन् झन् भयाबह बन्दै गएको र संक्रमण नियन्त्रण बाहिर गएको भन्दै संक्रमितहरुलाई होम आइसोलेसनमा नबसी पालिकाले बनाएको आइसोलेसनमा बसिदिन आग्रह गर्नुभयो । बझाङमा अहिले बाहिरबाट आएका धेरैजसो व्यक्ति घरमा जाने गरेको र उनीहरुमा कोरोना संक्रमण भए नभएको यकिन गर्न नसकिएको उहाँको भनाइ छ । 

संक्रमित घरमै गएर बस्दा वृद्धवृद्धा, बालबालिका र दिर्घरोगीहरुमा पनि संक्रमण सरेमा झन् भयावह स्थिति हुने उहाँ बताउनुहुन्छ । कोरोनाको संक्रमणदर बढ्दै गएपछि परीक्षणको दाएरा व्यापक बनाएको छ साथै  सोमबारदेखि एक हप्ताका लागि निषेधाज्ञा गरिने भएको छ ।  मालबाहक ट्रक, एम्बलेन्स, दमकलजस्ता अत्यावश्यक सवारीबाहेक अन्य सवारी साधन चलाउन नपाइने र अत्यावश्यक कामका लागि सवारी पास अनिवार्य गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै