नेभिगेशन
सुदूरपश्चिम

खप्तडछान्नामा पसलबगर - खत्रीबाडा सडकको गाउँपालिका अध्यक्ष रोकायाद्धारा उद्धघाटन 

बझाङ : बझाङको खप्तडछान्ना गाउँपालिकामा पसलबगर - खत्रीबाडा सडकखण्डको उद्धघाटन गरिएको छ । खप्तडछान्ना सडक सुधार योजना अन्तर्गत उक्त सडकको आज गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले एक कार्यक्रमका बिच विधीवत रुपमा रिबन काटेर शुभारम्भ गर्नुभएको हो ।

खप्तडछान्ना गाउँपालिकाको कार्यालयबाट वडा नम्बर २, ३ र ४ हुँदै खप्तड राष्ट्रिय निकुञ्ज जोड्ने पसलबगर - खत्रीवाडा सडकखण्डको लम्बाई १७ सय ६० मिटर रहेको छ । शुभकामना कन्स्ट्रक्सन प्रालिले ५८ लाखमा सडक निमार्णको जिम्मा पाएको छ । २०८१ साल जेठ मसान्तसम्म निमार्ण कार्य सम्पन्न गर्ने लक्ष्य सहित गाउँपालिकाले शुभकामना कन्स्ट्रक्सनसँग सम्झौता गरेको गाउँपालिकाका सुचना अधिकारी ऐन बहादुर रोकायाले बताउनुभयो ।

अहिले बाढी र पहिरोले क्षती ग्रस्त भएका गाउँपालिकाका पाँच वटा सडकको स्तरोन्नती कार्य सुरु भएको छ । २०७८ सालमा आएको बाढीले क्षेद बिच्छेद भएको गाउँपालिकाको मुख्य सडक रहेको सेती लोकमार्गको स्तरोन्नती गर्न काम भई रहेको छ भने पालिका भित्रका अन्य चार वटा सडकको स्तरोन्नतीका लागी बोलपत्र आह्वान पछि काम सुरु भएको छ । गाउँपालिकाको पसलबगर पुरानी सडक र घाटखोला माझीगाउँ सडकको झण्डै डेढ करोड बरावरको ठेक्का सम्झौता भई निर्माणको चरणमा रहेको छ । त्यस्तै पाटादेवल गडराय सडकको बोलपत्र मार्फत निर्माण गर्ने गरि काम अघि बढेको गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले बताउनुभयो ।

उहाँले कुचेखोला देहली हुँदै मायापाटा सडक समेत पुर्वाधार बिकास कार्यालय मार्फत संचालनको चरणमा रहेको, कालुखेती मतुवा सड्क , कालिपछाई बयाना सडक, भालुबेल्या पाटादेबल सडक र गडराय गोर्खाली सडकको समान्य सुधार भई बृहत सुधारका लागी कार्ययोजना बनाई रहेको समेत बताउनुभयो । उहाँले यि सडक आयोजनाले पालिकाको बिकासमा समेत महत्वपूर्ण योगदान दिने बताउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै