नेभिगेशन
सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशमै सबैभन्दा कम दुध उत्पादन बझाङमा हुने गरेको तथ्याकं 

बझाङ : बझाङमा सुदूरपश्चिममा प्रदेशमै सबैभन्दा कम दुध उत्पादन हुने गरेको तथ्याकं सार्वजनिक भएको छ । भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र र पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको तथ्यांकअनुसार प्रदेशमै सबैभन्दा कम दुध उत्पादन बझाङमा हुने गरेको पाइएको हो ।

निर्देशनालयको तथ्याकं अनुसार गत वर्ष बझाङमा दुई हजार ५३५ लिटर मात्रै दुध उत्पादन भएको छ । सुदूरपश्चिम प्रदेशमा दुई लाख ५५ हजार लिटरभन्दा बढी दुध उत्पादन हुँदा सबैभन्दा बढी दुध उत्पादनमा कैलाली जिल्लाको हिस्सा ३५ दशमलव २३ प्रतिशत र बझाङ जिल्लाको सबैभन्दा कम शून्य दशमलव ९९ प्रतिशत देखिएको छ ।

गत वर्ष जिल्लागत विवरणअनुसार सबैभन्दा बढी कैलालीमा ९० हजार १४५ लिटर दुध उत्पादन भएको छ भने कैलालीपछि कञ्चनपुरमा सबैभन्दा बढी दुध उत्पादन भएको छ । कञ्चनपुरमा ७२ हजार ५२९ लिटर दुध उत्पादन भएको छ । दार्चुलामा १६ हजार ९८८, बैतडीमा १७ हजार ४९६, डडेल्धुरामा १६ हजार ५१५, बाजुरामा १० हजार ६८७, डोटीमा १७ हजार ८७४ र अछाममा ११ हजार ९७ लिटर दुध उत्पादन भएको निर्देशनालयको तथ्यांक छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै