नेभिगेशन
सुदूरपश्चिम

बझाङको थलारामा बाघ आतङ्क, एकैदिनमा स्थानियका ११ बाख्रा मार्‍यो

झन्डै २ लाख रुपैयाँ बराबरको नोक्सानी

बझाङ : बझाङमा बाघले आतङ्क मच्चाउन थालेको छ । जिल्लाको थलारा गाउँपालिका– २ मा एकैदिन बाघले ११ वटा बाख्रा मारेको छ । आज शनिबार बिहान ११ बजेको समयमा थलारा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा कफलकाँडाका स्थानिय रबिन्द्र खातीका ११ वटा बाख्रा बाघले मारेको हो ।

थलारा गाउँपालिका– २ को कालापानि बिसौनाको जङ्गलमा चराउन लगेका बाख्रा बाघले मारेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दिपेश चौधरीले बताउनुभयो । उहाँका अनुसार चराउन लगिएका १८ वटा बाख्रा मध्ये ११ बाघले मारेको छ भने एउटा घाईते र ६ वटा बाख्रा सकुसल रहेका छन् । बाघले ११ बाख्रा मारेपछि उहाँको झन्डै २ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै