नेभिगेशन
सुदूरपश्चिम

जयपृथ्वी र केदारस्युँका ३४ सय बालबालिकालाई ट्रयाकसुट र स्टेशनरी समाग्री वितरण

बझाङ : बझाङ जिल्लाका २ वटा गाउँपालिकाका ३ हजार ४ सय बालबालिकाहरुलाई ट्रयाकसुट र स्टेशनरी सामान वितरण गरिएको छ । प्रगतिशील युवा समाज र वल्र्डभिजनको साझेदारीमा कार्यक्रम लागू भएका जयपृथ्वी नगरपालिका र केदारस्यु गाउँपालिकाका वडाहरुका विध्यालयमा अध्ययनरत २ वर्षदेखि १० वर्षसम्मका उमेर समूहका बालबालिकाहरुलाई ट्रयाकसुट र स्टेसनरी वितरण गरेको हो । बालप्रायोजन कार्यक्रम अन्तर्गत आर्थिक अवस्था कमजोर भएका र जोखिममा रहेका बालबालिकाहरुको शिक्षामा पहुँच पुगोस् भन्ने उदेश्यले हजार ३ हजार ४ सय बालबालिकालाइ उक्त सामाग्रीहरु वितरण गरिएको प्रगतिशिल युवासमाजका कार्यकारी निर्देशक लवराज जोशीले बताउनु भयो । 

प्रगतिशिल युवासमाज र वल्र्डभिजनको साझेदारीमा विध्यालयमा अध्ययनरत बालबालिकाको प्रारम्भिक स्वास्थ्यलाई समेत मध्यनजर गर्दै केदारस्युँ गाउँपालिकामा रहेका २२ वटा विध्यालय र जयपृथ्वी नगरपालिकाभित्रका २७ वटा विध्यालयका स्रोत शिक्षकहरुलाई प्रारम्भिक स्वास्थ्यको बारेमा तालिम दिएर विध्यालयहरुलाई बालबालिकाको तौल नाप्ने मेसिन, उचाई नाप्ने फिता, आँखाको दृष्टि चेक गर्ने चार्ट, कानको सुन्ने शक्ति  लागएतका सामाग्रीहरु उपलब्ध गराएको वल्र्ड भिजन बालस्पोन्सरशिपका फिल्ड कोडिनेटर तिलक केसीले बताउनुभयो । 

जसले गर्दा बच्चाहरुको कुपोषणको अवस्था सरसफाइको अवस्था थाहा पाएर  कुनै बालबालिकालाइ जटिल समस्या भएको खण्डमा नजिकको स्वास्थ्य संस्थामा रेफर गर्ने र उपचारका लागि समेत संस्थाले पहल गर्ने उदेश्य समेत रहेको केसीले बताउनु भयो । 

विगत केही वर्षदेखि प्रगतिशिल युवासमाजले जिल्लाका २ वटा स्थानीय तहमा शिक्षा, स्वास्थ्य, जिविकोपार्जन लगायतका क्षेत्रमा स्थानीय तहहरुसँग समन्वय सहकार्य गर्दै काम गर्दै आएको छ । साथै संस्थाले २ वटै स्थानीय तहमा बर्थिङ सेन्टरमा चाहिने उपकरण, खानेपानीका धाराहरु र्निमाण लगायतका कामहरु गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै