नेभिगेशन
सुदूरपश्चिम

बझाङ उद्योग बाणिज्य संघद्धारा आगलागी पिडितका लागि संकलित रकम हस्तान्तरण 

बझाङ : बझाङ उद्योग बाणिज्य संघले आगलागी पिडितका लागि संकलन गरेको आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ । आज उद्योग बाणिज्य संघ बझाङका अध्यक्ष दान बहादुर सुर्मेलीको अध्यक्षतामा एक औपचारीक कार्यक्रमका साथ आगलागि पिडित व्यापारीलाई संकलन गरिएको आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको हो ।

सदरमुकाम चैनपुरको लोकतान्त्रीक चोकमा विगत ४० वर्षदेखि व्यापार गर्दै आएका भारतको धार्चुलाका बिरेन्द्र सिंह व्याँसिको जंगविर व्याँसि पसल यहिँ माघ १ गते जलेर नष्ट भएको थियो । आगलागि पश्चात बझाङ उद्योग बाणिज्य संघले उहाँलाई राहात स्वरुप चैनपुर बजारमा आर्थिक सहयोग संकलन अभियान चलाएर रकम संकलन गरेको थियो । आज केहि रकम कार्यालयबाट थप गरेर पिडित व्यवसायी सिहँलाई २ लाख ३ हजार २५ रुपैयाँ हस्तान्तरण गरिएको हो ।

यसैबिच केहि समय अगाडी चैनपुरमै विद्युतको तार सर्ट भएर आगलागि भएको कैलाश फेन्सि स्टोरका सञ्चालक डबल बहादुर खड्कालाई पनि १६ हजार रुपैयाँ सहयोग गरिएको छ । आर्थिक सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघका अध्यक्ष सुर्मेलीले सबै व्यापारीहरुको पिडा एउटै भएकाले आफुहरुले पिडितको घाउमा मलमपट्टि स्वरुप सानो सहयोग र सहकार्य गरेको बताउनुभयो । साथै उहाँले आर्थिक सहयोग गर्ने सम्पुर्ण व्यापारीहरुलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

सहयोग रकम बुझ्दै आगलागि पिडित व्यापारी सिंहले आफुलाई अत्यन्तै समस्या परेकाबेला बझाङका व्यापारीहरुले ठुलो गुन लगाएकोमा आभार व्यक्त गर्नुभयो । आगलागीबाट उहाँको करिब ६० लाख बराबरको क्षति भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै