नेभिगेशन
सुदूरपश्चिम

बझाङमा आगलागीबाट एक भैंसी सहित दुई गोठ जलेर नष्ट

आगलागीबाट डेढ लाख बढी क्षति

बझाङ : बझाङमा आगलागी भएको छ । जिल्लाको मष्टा गाउँपालिका - ७ तल्ला ठकुन्नामा आगलागीबाट एक भैंसी सहित दुई गोठ जलेर नष्ट भएका छन् । शनिबार राति १० बजेको समयमा ठकुन्ना गाउँ नजिकै रहेको स्थानीय धुर्व बोहरा र जब्बरे बोहराको गोठमा एक्कासि आगलागी भएको हो ।

स्थानीयले राति गोठ जलेको देखेपछि त्यहाँ पुगेका थिए । तत्काल आगलागी नियन्त्रणमा लिन नसकेर गोठमा बाँधेको एउटा भैंसी जलेको र अन्य पशुचौपायाहरुलाई बाहिर निकालिएको वडा अध्यक्ष धन बहादुर जेठाराले जानकारी दिए ।

आगलागी के कसरी भयो भन्ने खुलेको छैन । प्रहरी घटनास्थलमा गइरहेको छ । आगलागीबाट बोहराको अनुमानित डेढ लाख बढी क्षति भएको वडा अध्यक्ष जेठाराले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै