नेभिगेशन
सुदूरपश्चिम

प्रदेश खेलकुद ऐन तथा नियमावली नमान्ने पालिकालाई जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी नगराइने

सुदुरपश्चिम प्रदेश खेलकुद ऐन, २०७६ (संशोधन) र नियमावली, २०७७ (संशोधन) कार्यान्वयनमा आएको छ । तर बझाङका अधिकांस स्थानिय तहले भने यो ऐन तथा नियमावली विपरित स्थानीय खेलकुद समिति गठन गरेको पाईएको छ । हाल सम्म पाँच वटा पालिकामा मात्रै यो ऐन अनुसार स्थानिय खेलकुद समिति गठन भएका छन भने अन्य सातवटा पालिकामा अझै पनि ऐन तथा नियमावली विपरितका समिति रहेका छन । सुदुरपश्चिम प्रदेश खेलकुद ऐन, तथा नियमावली अनुसार केदारस्युँ, दुर्गाथली, थलारा, खप्तडछान्ना, साईपाल गाउँपालिकाले मात्रै स्थानिय खेलकुद समिति गठन गरि सकेको छ । 

यो ऐन कार्यान्वयनमा आए संगै यसअघिका समिति स्वतः खारेज हुने भएकाले यस बारेमा सहजताका लागी जिल्लाका कतिपय पालिकाका प्रमुखहरुलाई भेटेर त कतिपयलाई फोन मार्फत छलफल गरेको भएपनि हाल सम्म सात वटा पालिकाले नयाँ समिति गठन नगरेका जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्पलाल रोकायाले बताउनु भयो । अहिले कार्यान्वयनमा आएको ऐन अनुसार ४ जनाको समिति हुने भएपनि धेरै जसो पालिकाले  ऐन नियमावली विपरित र कतिपयले मनोनित नगरि पठाउने गरेका छन । पछिल्लो दुई महिना देखि विभिन्न समयमा पत्राचार तथा टेलिफोन मार्फत आग्रह गर्दा पनि ऐन अनुसार समिति गठन नगरेको रोकायाको भनाई छ । 

सुदुरपश्चिम प्रदेश खेलकुद ऐन, २०७६ (संशोधन) र नियमावली, २०७७ (संशोधन) अनुसार स्थानीय खेलकुद समिति गठन नगरेका स्थानीय तहका टिम लाई १४ औं बझाङ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८० मा सहभागि नगराईने भएको छ । जिल्ला स्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीता ब्यवस्थापन तथा निर्देशन समितीको बैठकले प्रदेश ऐन तथा नियमावली अनुसार समिति गठन गर्न ७ दिनको समय दिने र ७ दिन भित्र पनि समिति गठन नगरे जिल्ला स्तरिए राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी नगराउने भन्ने निर्णय गरेको छ । सुदुरपश्चिम प्रदेश खेलकुद ऐन, २०७६ (संशोधन) र नियमावली, २०७७ (संशोधन) कार्यान्यवयनमा आईसकेकाले सोहि अनुसार समिति गठन गर्न पत्राचार गरेको भएपनि अझै केहि पालिकाले गठन नगरेको जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्पलाल रोकायाले बताउनु भयो । 

यो ऐन कार्यान्वयनमा आए संगै यसअघिका समिति स्वतः खारेज हुने भएकाले यस बारेमा सहजताका लागी जिल्लाका कतिपय पालिकाका प्रमुखहरुलाई भेटेर त कतिपयलाई फोन मार्फत छलफल गरेको भएपनि हाल सम्म सात वटा पालिकाले नयाँ समिति गठन नगरेका जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्पलाल रोकायाले बताउनु भयो । अहिले कार्यान्वयनमा आएको ऐन अनुसार ४ जनाको समिति हुने भएपनि धेरै जसो पालिकाले  ऐन नियमावली विपरित र कतिपयले मनोनित नगरि पठाउने गरेका छन । पछिल्लो दुई महिना देखि विभिन्न समयमा पत्राचार तथा टेलिफोन मार्फत आग्रह गर्दा पनि ऐन अनुसार समिति गठन नगरेको रोकायाको भनाई छ । 

स्थानिय तहका जनप्रतिनिधिले आफु अनुकुलका व्यक्तिहरुलाई ऐन विपरित खेलकुद समितिमा राख्ने र नियमावली विपरित गई खेलकुद प्रतियोगिता संचालन गरि आर्थिक अनियमितता गर्ने गरेको खेलप्रेमीहरुको भनाई छ । समितिमा कुनैपनि खेल संग सम्बन्ध नभएका आफ्ना पार्टीका कार्यकर्ता राख्ने र विभिन्न प्रतियोगिताका नाममा लाखौ खर्च गर्ने गरेका छन । तर यसरी लाखौँ खर्च भएपनि खेलकुदको प्रगति भने शुन्य रहेको खेलाडीहरुको भनाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै