नेभिगेशन
सुदूरपश्चिम

बझाङ घर भएका दुई  प्रहरी दुई महिना देखि कार्यालयको सम्पर्क बाहिर 

प्रहरी प्रधान कार्यालयले एक महिना भन्दा बढी समय देखि गैर हाजिर रहेका प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । आफूखुसी हाजिर हुन छोडेका प्रहरीको खोजतलास गर्दा पनि सम्पर्कमा नआए पछि सात दिनभित्र स्पष्टीकरण सहित सम्पर्कमा आउन निर्देशन दिएको छ ।

यसरी विना जानकारी सम्पर्क विहिन हुनेमा दुइ जना बझाङ घर भएका प्रहरी पनि रहेको पाइएको छ । प्रहरी प्रधान कार्यालयले जारी गरेको सुचना अनुसार बझाङको दुर्गाथली गाउँपालिका–७ का विशाल बहादुर विक र थलारा गाउँपालिका–९ का उमेश थापा सम्पर्क बिहिन भएका छन् ।

कार्यालयका अनुसार काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय ओआरटीमा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत विशाल वि.क गत मंसिर २७ गते देखि र प्रहरी चौकी डोलेश्वर सिपाडोल भक्तपुरमा दरबन्दी भई काठमाडौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत उमेश थापा मंसिर १० गते देखि गैर हाजिर रहेको जनाईएको छ । सात दिनभित्र पनि सम्पर्कमा नआए नियमानुसार सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै