नेभिगेशन
सुदूरपश्चिम

छाडा पशुचौपायाबाट चैनपुरका किसानलाई बाली जोगाउनै मुस्किल 

व्यवस्थापन गरिदिन स्थानिय सरकारसँग माग 

बझाङ : बझाङ सदरमुकाम चैनपुरमा छाडा पशुचौपायाको समस्या बढ्दै गएको छ । पछिल्लो समय पशुको संरक्षण नहुँदा दिनप्रतिदिन समस्या बढ्दै गएको हो । स्थानीय तहले छाडा पशुचौपाया व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएपनि समस्या समाधान हुन नसकेको चैनपुर निवासी उर्मिला चित्रकारले बताइन् ।

छाडा पशुचौपायाको संख्या दिनानुदिन बढ्दै गएपछि समस्या समाधान नहुँदा स्थानीय चिन्तित बनेका छन्। चैनपुरमा छाडा चौपायाको समस्या समाधान नभएको जनाउँदै  चौपाया संकलन गरेर दुईदिन देखि स्थानीयले रुखमा बाधँेका चित्रकारको भनाई छ । “नगरपालिकालाई पटक पटक छाडा चौपायाको व्यवस्थापनका लागि भन्यौं, तर केही चासो देखाएन,” उनले भनिन्, “माग सम्बोधनका लागि दबाब दिन चौपाया रुखमा बाँधेका हौ ।” छाडा चौपाया चैनपुरको अदालत पछाडी दुई दिनदेखि बाँधिएका छन् । समस्या समाधान नहुञ्जेसम्म चौपाया थुनिने र महिलाहरुले आन्दोलन गर्ने तयारी गरिरहेको उनले बताइन् चैनपुरस्थित प्रगतीशिल स्वस्थ आमा समूहको शुक्रबार बसेको बैठकको निणर्य अनुसार भोली आइतबार चैनपुर बजारदेखि नगरपालिका कार्यलयसम्म व्यवस्थापनको माग सहित दबाबमूलक नाराजुलुस गर्ने तयारी महिलाहरुको छ ।   

छाडा पशुचौपायाबाट बाली जोगाउन चैनप्रका किसानहरुलाई हम्मेहम्मे परेको छ । छाडा पशु चौपायाले रातिको समयमा बाली खाएर सखाप पार्न थाले पछि किसानहरुले खेतमै बस्नु पर्ने बाध्यता भएको छ । बाली बचाउन रातदिन खेतमै बस्नु परेको उनीहरुले बताएका छन् । जयपृथ्वी नगरपालिका १० चैनपुरका दलित परिवारले छाडा पशु चौपायाले खेतबारी नष्ट गर्न थाले पछि के खाने भन्ने चिन्ताले सताउन थालेको बताए । स्थानिय एकल महिला आशा चित्रकारले आफुले मानो छरेर मुरी फलाउने उद्येश्य सहित परिश्रम गरेर लगाएको गहुँबाली छाडा पशुचौपायाले आँखै अगाडी सखाप पार्दा हैरान भएको बताइन् । एकातिरबाट धपाउँदा अर्कोतिरबाट आएर खाने गरेकाले समस्या भएको उनले बताइन् ।

चैनपुर आसपासका भोपुर, दम्दुर, देवल, गोलाइर्, सेलाखेत लगाएतका गाउँहरुबाट पशु चौपाया चैनपुर छोड्ने गरिएको स्थानियको भनाई छ ।  चाहिञ्जेल पाल्ने र पछि छाड्ने प्रवृत्तिले छाडा चौपायाको समस्या समाधान हुन नसकेको कतिपय बताउँछन् । पछिल्लो समय पशुप्रति मानवका व्यवहार ‘कू्रूर’ हुन थालेको चैनपुरकै विष्ना कठाएतले बताइन । “दूध दिने बेलासम्म गाई बाँध्ने र दूध दिन छाडेपछि सडकमा छाड्ने प्रवृत्तिले पशु संरक्षणमा चुनौती थपिएको छ,” उनले भननिन् । छाडा चौपाया व्यवस्थापन हुन नसक्दा साँघुरो चैनपुर बजारमा दुर्घटनाको खतरा पनि बढेको छ । 

जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजालले छाडा चौपाया व्यवस्थापनका लागि काम अगाडि बढेको बताए । “ पहिले पनि एकचोटी जंगलमा छोडेका थियौ, केहि व्यवस्थापन भएको हो । फेरि चुनौती थपियो दुइतिन दिनमै नगर प्रहरी लगाएर व्यवस्थापनको काम अगाडि बढाउँछौ,” उनले भने , “दुई चार दिनभित्र चैनपुरका छाडा पशुचौपायालाई नगरपालिकाको ट्राक्टरमा राखेर व्यवस्थापन गर्ने गरेर तत्कालीन र दीर्घकालीन योजना अगाडि बढाएकाछौं ।” छाडा पशुचौपायालाई रुखमा बाँध्ने कार्य अमानविय भएको नगर प्रमुख बजालले बताए । छाडा पशुचौपायाको उचित व्यवस्थापन हुन नसक्दा किसानहरु मात्रै नभएर चैनपुर बजारका व्यापारीहरुले पनि दुख भोग्दै आएका छन ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै