नेभिगेशन
सुदूरपश्चिम

नगरसभामा वडाध्यक्ष खड्काको आरोप : वडाका योजनामा पनि मेयर, उपमेयरले भाग खोज्छन्

जयपृथ्वीको १३ औं नगरसभा

जयपृथ्वी नगरपालिकाको हिउँदे अधिवेशन आज सम्पन्न गरेको छ । जयपृथ्वी नगरपालिकाको सभाहलमा एक कार्यक्रमकाबीच नगरपालिकाको १३ औँ नगरसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको हो । 

जयपृथ्वी नगरपालिकाका बहुमत सदस्यहरुले विभिन्न तीन समिति गठन र सञ्चालन कार्यविधिसहित अधिवेशन सम्पन्न गरेका हुन् । आजको अधिवेशनमा प्रकाश विष्ट संयोजक रहने गरि लेखा समिति गठन र सञ्चालन कार्यविधि २०८०, शिव बहादुर रोकाया संयोजक रहने गरि विधायन समितिको गठन र स‌ंञ्चालन कार्यविधि २०८० र सपना विक संयोजक रहने गरि सुशासन समितिको गठन र सञ्चालन कार्यविधि २०८० सर्वसम्मत पारित गरिएको हो । 

आयोजित १३ औं नगरसभालाई सम्बोधन गर्दै नगरप्रमुख चेतराज बजालले नगरपालिकाको कामकाज अगाडि बढाउने उद्देश्यले आफूले हिउँदे अधिवेशन आयोजना गरेको र जनताले प्रदान गरेको मेनडेट अनुसार नै आफू अगाडि बढिरहेको बताउनुभयो । उहाँले कार्यपालिका बोर्डको सहमतिले नै कामहरु बढ्न सक्ने भएकाले सबै कार्यपालिका सदस्यहरुको अधिकार समान रहेको बताउनुभयो ।  जनताको सुख सुविधाको लागि आफू लड्न तयार रहेको उहाँले पटक पटक दोहोर्‍याउनुभयो । 

उहाँले नगरपालिकालाई केही गरेन भनेर चौतर्फी विरोध भइरहेको भन्ने कुरालाई इंकित गर्दै अबको बाँकी समय देखिने गरि काम भइरहेको प्रष्ट पार्नुभयो । यता जयपृथ्वी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष गंग बहादुर खड्का, वडा नम्बर ११ का वडाध्यक्ष सर्जन थापा र वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले भने नगर प्रमुख, उपप्रमुख र प्रशासकिय अधिकृत मिलेर आफू अनुकुल र जनताको हित विपरित काम गरिरहेको भन्दै गुनासो पोख्नुभयो ।

वडा नम्बर ३ का वडाध्यक्ष गंगबहादुर खड्काले नगरप्रमुख बजालाई हल्का रुपमा बोल्ने तर काम नगर्ने भन्दै टिप्पणी गर्नुभयो । उहाँले धेरैजसो कुराहरु आफूहरुसँग छलफल तथा सूचना प्रवाह नै नगरि नगरप्रमुख र उपप्रमुख अनुकुल लागु गरिरहेको भन्दै दु:खेसो गर्नुभयो । उहाँले नगरसभामा आउने कतिपय एजेन्डाहरु सुन्दा तथा थाहा पाउँदा मात्रै आफूहरु अचम्मित हुने गरेको र जबरजस्ती ताली बजाउन बाध्य भएको प्रतिक्रिया दिनुभयो । दुई वर्ष वितिसक्दा पनि जयपृथ्वी नगरपालिकामा देखिने काम कुनै पनि नभएको र वडाबाट छनौट भएका योजनामा पनि मेयर उपमेयरले भाग खोजिरहेको पनि वडाध्यक्ष खड्काले आरोप लगाउनुभयो ।

यस्तै जयपृथ्वी नगरपालिका ११ का वडाध्यक्ष सर्जन थापाले पनि नगर प्रमुख, उपप्रमुखले भनेपछि प्रमुख प्रशासकिय अधिकृतले जे पनि गर्ने भन्दै प्रश्न गर्नुभयो । 

जयपृथ्वी नगरपालिकाका नगरसभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत अम्मरराज जोशीले आर्थिक वर्ष २०८०।२०८१ को अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने आन्तरिक लेखा परिक्षक लालबहादुर खातीले लेखा प्रतिवेदन पेश गर्नुभएको थियो ।

चालु आर्थिक वर्षको वित्तिय समानीकरण, ससर्त अनुदान, विशेष अनुदान, समपुरक अनुदान, राजश्व वाँडफाँड र आन्तरिक आय समेत गरी जयपृथ्वी नगरपालिकाले ५९ करोड ९१ लाख ८० हजार ८ सय ८५ रुपैयाँ बजेट १२ अधिबेशनमा पेश विनियोजन गरेको थियो ।

जसमा पूजिँगत तर्फ १३ करोड ५० लाख ५९ हजार ५४६ भएको मा एक करोड २३ लाख ७१ हजार ७२ रुपैयाँ खर्च भएको छ । त्यसैगरी चालु तर्फको ४६ करोड ४१ लाख २१ हजार ४०२ विनियोजन भएको मा हालसम्ममा १८ करोड ७९ लाख १५ हजार ५२१ रुपैयाँ खर्च भएको छ । माघ २ गतेसम्म चालु र पूँजीगत गरी हालसम्म कुल बजेटको ३३.४२ प्रतिशत वजेट खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

जयपृथ्वी नगरपालिकाको माघ २ गतसम्मको क्षेत्रगत खर्च रुपमा हेर्दा आर्थिक विकासमा ४ करोड ७२ लाख ५२ हजार ५३८ विनियोजन भएको मा हालसम्म ६१ लाख ७७ हजार ८७२ रुपैयाँ, सामाजिक विकास तर्फ ३४ करोड ४४ लाख ७० हजार ७३८ विनियोजन भएकोमा १३ करोड ४६ लाख १६ हजार ६७८ रुपैँया, पूर्वाधार विकासमा ६ करोड ६ लाख ९८ हजार ८९६ विनियोजन भएकोमा ७९ लाख २६ हजार ८६३ रुपैयाँ, सुशासन तथा अन्तरसम्वन्धित क्षेत्रमा १ करोड ६७ लाख ६५ हजार विनियोजन भएकोमा ३४ लाख १३ हजार ५९६ रुपैयाँ र कार्यालय संञ्चालन तथा प्रशासनिक खर्चक लागी १२ करोड ९९ लाख ९३ हजार ५९४ विनियोजन भएकोमा हालसम्म ४ करोड ८१ लाख ५१ हजार ५८५ रपैयाँ खर्च भएको छ ।

त्यस्तै नगरपालिकाले आर्थिक वर्ष २०८०।०८१ मा १ करोड ६ लाख ९० हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा माघ ३ गतेसम्म ४० लाख ७४ हजार २६५ रुपैयाँ राजस्व संकलन गरेको छ । साथै नगरपालिकाले चालु आर्थिक वर्षमा ८ वडा कानुन पनि निर्माण गरेको छ ।

जसमा जयपृथ्वी नगरपालिकाको विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०८०, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण सम्बन्धी आचारसंहिता २०८०, जयपृथ्वी नगरपालिकाको साझेदारी कार्यक्रम संञ्चालन कार्यविधी २०८०, डोजर संञ्चालन कार्यविधी २०८०, विधायन समिति गठन तथा संञ्चालन कार्यविधि २०८०, लेखा समिती गठन र संञ्चालन कार्यविधी २०८०, सुशासन समिति गठन तथा संञ्चालन कार्यविधी २०८० र विद्यालय लेखापरिक्षण कार्यविधी २०८० निर्माण गरेको हो ।

साथै आज भएको १३ औं अधिवेशनबाट विधायन समिती, सुशासन समिति, लेखा समिति गठन र नितिगत निर्णय र रकमान्तर समेत गरेको छ । साथै न्यायिक समिती सचिवालयमा कार्यरथ अनुजा कुमारी जोशीलाई उत्कृष्ट कार्य गरेको भन्दै प्रोत्साहनसहित सम्मान गरिएको छ ।

हिउँदे अधिवेशन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अम्मरराज जोशीसँगै वडा १ देखि ११ सम्मका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, कार्यपालिका सदस्यहरु, कर्मचारी र पत्रकारको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै