नेभिगेशन
सुदूरपश्चिम

'दमकल थियो तर पानी भर्ने बाटो पाएन त्यसपछि जालेबगर गयो'

बझाङ सदरमुकाम चैनपुरमा विगत ४० वर्षदेखि व्यापार गर्दै आएका भारतका धार्चुलाका बिरेन्द्र सिंहको घर पसल आज दिउँसो जलेर नष्ट भएको छ । चैनपुरस्थित लोकतान्त्रिक चोक तथा चौराहमा रहेको जंग बहादुर स्टोर पसलमा आज दिउँसो १२ बजेदेखि सुरु भएको आगलागी करिब दुई घण्टापछि घर र पसल जलेर नष्ट भएपछि मात्रै नियन्त्रणमा आएको हो ।

दियो बालेर खाना खान गएका बेला कपडाबाट सल्किएको आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले निकै प्रयास गरे पनि घर भने जलेर नष्ट भएको छ तर अन्य घरपसलमा भने आगलागि हुनबाट जोगिएको छन् ।  


बझाङमा जयपृथ्वी नगरपालिकाको एक मात्र दमकल भए पनि एक ट्यांकी पानी छोडेर पुनः पानी भर्न भौतारिएको दमकल पानी भर्ने ठाउँ नपाउँदा समस्या भएको छ ।

दमकलले बाहुली खोलामा रहेको नयाँ बस पार्कबाट बाहुली खोला, नेपाली काँग्रेसको पार्टी कार्यालयतिरबाट सेती नदीमा पानी भर्ने प्रयास गरे पनि असफल भएको र पानी भर्न एक घण्टा लाग्ने जालेबगर पुगेको मेयर चेतराज बजालले बताउनुभयो । मेयर बजालले यस गल्तीबाट आफूहरुले पाठ सिकेको आगामी दिनमा दमकल तयारी अवस्था राख्नुका साथै दमकललाई नजिकै पानी भर्ने बाटोको प्रबन्ध मिलाउने प्रतिवद्धता गर्नुभएको छ ।

यस विषयमा स्थानीयले भने दमकल जस्तो अत्यावश्य सेवा कहिल्यै पनि तयारी नबस्ने गरेको गुनासो गरिरहेका छन् । मध्ये बजारमा भएका आगलागीका घटनामा पनि दमकल सहयोगी नबनेको विनिता खाजा घरका सञ्चालक विरेन्द्र सिंहले गुनासो गर्नुभयो । यसअघि प्रशासन रोडमा रहेको डम्बर खड्काको कैलाश फेन्सी पसलमा आगलागी हुँदा पनि दमकल समयमै नआउँदा लाखौंको क्षति भएको थियो ।

नगरपालिकाको बिपत जोखिम न्यूनीकरण प्रभाबकारी नहुदा आगलागीका घटनाले उग्र रुप लिएको चैनपुरका व्यापारीहरुको गुनासो छ । आगलागीबाट ४०, ५० लाख बराबरको क्षति भएको हुनसक्ने बझाङ प्रहरी प्रमुख तथा डिसएपी भरतबहादुर शाहले बताउनुभयो । आगलागीबाट भएको यकिन क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । घर मुनी रहेको पसलबाट करिब ९ ट्राली सामान सुरक्षित भने सुरक्षित गरिएको डिएसपी शाहले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै