नेभिगेशन
खेल

किन लाग्यो केदारस्युँ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा ८ दिन ?

केदारस्युँ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता हिजो ८ दिन लगाएर सम्पन्न भएको छ । केदारस्युँ ९ झोतामा हालसालै बनाएको खेल मैदान र भैरव माद्यामिक विद्यालय प्राङ्गणमा सञ्चालित तेस्रो केदारस्युँ गाउँपालिकास्तिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता हिजो सकिएको हो ।

 रनिङ शिल्डले धेरै लामो समयावधि लिएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला केदारस्युँ गाउँपालिकाले भने नियमानुसार खेलाउँदा र बढी विद्यालय भएका कारण ८ दिन लाग्नु स्वाभाविक भएको तर्क गरेको छ । १३ वटा विद्यालयबीच दुई फिल्ड एक ट्र्याक वा दुई ट्र्याक एक फिल्ड नियमानुसार खेलाउँदा समय लागेको गाउँपालिका शिक्षा शाखा संयोजक केशबराज भट्टले बताउनुभयो । उहाँले लसालै बनाएको खेल मैदान र भैरव माद्यामिक विद्यालय प्राङ्गण गरि दुई मैदान खेलाउँदा पनि ८ दिन लागेको तर्क गर्नुभयो । 

दौडमा सबै विद्यालयका छात्रछात्रलाई दौडाउन फिल्ड नभएका कारण दुई हिट बनाएर १३ जना दौडाएको पनि शिक्षा शाखा संयोजक भट्टको भनाई छ । एक दिन उद्घाटन र एक समापनमै बितेको र बाँकी ६ दिन हिउँदे यामका छोटा दिनमा सेती नदी किनारमा हालसालै बनेको खेल मैदानमा ढिलो गरि घाम लाग्ने हुँदा पनि शिल्ड लम्बिएको उहाँको भनाई छ । तर कतिपय केदारस्युँका शिक्षक र स्‍थानीयले भने शिल्डमा धेरै समय व्यतित भएको र विद्यार्थीको पढाइसँगै आर्थिक भार बढी भएको भन्दै आलोचना गरिरहेका छन् । 

 यसपटकको रनिङ शिल्ड भैरब मावि झोता कब्जा गरेको छ । रनिङ शिल्डमा नमादेउ मावि भाडिकोट डाँफ्रु द्धितिय र गर्जेपानी मावि रायल तृतिय भएका छन् । पुस मसान्त पुग्नै लाग्दा बझाङका ११ पालिकाले पालिकास्तिय रनिङ शिल्ड समापन गरेका छन् भने जयपृथ्वी नगरपालिकाले हिजोदेखि सत्यवादी मावि भोपुरमा सञ्चालन गरिरहेको छ । जिल्ला खेलकुद समिति यही पुस मसान्तभित्र सक्न यसअघि परिपत्र गरिसकेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।
भर्खरै