नेभिगेशन
खेल

सुर्मा गाउँपालिकामा चौथो पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बझाङ : सुर्मा गाउँपालिकामा अन्तर माध्यामिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुलनाराका साथ पालिका भित्रका माध्यामिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

सुर्मा गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा आज आधाबगर माध्यामिक विद्यालयमा पालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको सुर्मा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष दिनेश बोहराले बताउनुभयो । प्रतियोगितामा पालिकाभरका ५ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् । सुर्मा गाउँपालिका उपाध्यक्ष रमला कुमारी मण्डेल पुजाराको अध्यक्षतामा संचालन भएको प्रतियोगितामा जिल्ला समन्वय समिति प्रमुख नर बहादुर बोहरा प्रमुख अतिथि रहनु भएको थियो । त्यसैगरि अतिथिमा  ५ वटै वडाका वडाध्यक्षहरु, शिक्षक, अभिभावक लगाएत रहनुभएको थियो ।

उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै जिल्ला समन्वय समिति प्रमुख बोहराले जिल्लाका ग्रामीण भेगका बिद्यालयमा खेलमैदानको अभाब हुदाँहुदै पनि बिद्याथीहरुले खेलमा अत्याधिक रुचि राखेकोले पालिकाले खेलकुद प्रतियोगिताका लागी  प्रर्याप्त बजेटको ब्यबस्थापन गर्न आवश्यक रहको बताउनुभयो । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा छात्रछात्रा भलिवल, छात्रछात्रा कबडी, एथलेटिक्समा विद्यार्थी विच प्रतिस्पर्धा गराइने भएको छ ।

अहिलेसम्म जिल्लाका ११ पालिकाले राष्ट्रपति रनिङ सिल्ड सञ्चालन गरि सकेका छन् भने जयपृथ्वी नगरपालिकाले पनि यहिँ पुस २५ गते प्रतियोगिताको उद्धघाटन गर्ने तयारी गरेको छ । पालिका स्तरीय प्रतियोगिता सम्पन्न भए लगत्तै जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गर्ने कार्यक्रम रहेको जिल्ला खेलकुद विकास समिति अध्यक्ष पुष्पलाल रोकाया ज्वालाले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप खेल
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।
भर्खरै