नेभिगेशन
सुदूरपश्चिम

खप्तडछान्नामा सञ्चालित पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, प्रतियोगिताको उपाधी लामातोला माविलाई  

बझाङ : खप्तडछान्ना गाउँपालिकामा सञ्चालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ यहिँ पुुस १४ गतेदेखि सुरु भएको तेस्रो पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न भएको हो ।

प्रतियोगिताकोे उपाधी दुर्गा लामातोला माविले जितेको छ । ११ स्वर्ण प्राप्त गर्दै लामातोला माबिले प्रथम स्थान हाँसिल गरेको खप्तडछान्ना गाउँपालिकाका शिक्षा संयोजक हरि प्रसाद सोतीले जानकारी दिनुभयो । प्रतियोगितामा दोस्रो भएको महेश्वरी मावि गडरायले ९ स्वर्ण प्राप्त गरेको छ । त्यस्तै ४ स्वर्ण सहित खप्तड मावि कालुखेतीले तृतीय स्थान हाँसिल गरेको छ । दुर्गामहालिङ मावि चौकाले ३ स्वर्ण र कोटिखेत मावि बयानाले १ स्वर्ण हात पारेको शिक्षा संयोजक सोतीले बताउनुभयो ।

दुर्गामहालिङ माविको चौकाको खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा पालिका भित्रका ८ वटा विद्यालयको सहभागिता रहेको थियो । दुर्गामहालिङ मावि चौकाका विद्यालय व्यवस्थापन समिती अध्यक्ष बर्क बहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको समापन समारोहमा गाउँपालिका उपाध्यक्ष विष्णु थापा प्रमुख आतिथी रहनुभएको थियो । कार्यक्रममा सबै वडाका वडा अध्यक्षहरु, शिक्षक, विद्यार्थी लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै