नेभिगेशन
सुदूरपश्चिम

जयपृथ्वी नगरपालिकाको जेसिबी दुर्घटना, चालकको घटनास्थलमै ज्यान गयो

बझाङ : बझाङमा जेसिबी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । सोमबार राती ९ ः ३० बजेको समयमा जयपृथ्वी नगरपालिकाको जेसिवी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ ।

जयपृथ्वी नगरपालिका ९ सिमखेत स्थित पुरानो बस पार्क नजिक सु.प.प्र. २४५३ नम्बरको जेसिवी  दुर्घटना भएको हो । जेसिवी दुर्घटनामा परि बित्थडचिर गाउँपालिका–६ घर भएका ३० वर्षीय चालक प्रकाश कठायतको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जेसिवी बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालय तर्फ जाँदै गर्दा सडक खण्डबाट २० मिटर तल खसेको र चालकको सिटमुनि च्यापिन गई घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।  अहिले मृतक कठायतको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।

मृतक कठायत जयपृथ्वी नगरपालिकाको जेसिवी मेसिन चलाउँदै आएका थिए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटनाको विषयमा थप अनुसन्धान भइरहेको बझाङ प्रहरी प्रमुख डिएसपी भरत शाहले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै