नेभिगेशन
सुदूरपश्चिम

दुर्गाथलीले अब आयोडिनयुक्त भानु नुन पालिकाबाटै वितरण गर्ने, तीन ठाउँबाट वितरण हुने

दुर्गाथली गाउँपालिकाले आयोडिन युक्त भानु नुन अब पालिकाबाटै वितरण गर्ने भएको छ ।

 नेपाल सरकारबाट अनुदान प्राप्त भानु नुन यसअघि जिल्ला सदरमुकाम चैनपुरबाट बितरण हुँदै आएकोमा पालिकाबासीको सहजताका लागि दुर्गाथली गाउँपालिकाले तीन ठाउँबाट वितरण गर्ने प्रबन्ध मिलाएको हो ।

नुनकै लागि पालिकाबासिले एक दिनभर कटाउनुपर्ने र महँगो भाडा खर्च गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै दुर्गाथली गाउँपालिकाले वडा नम्बरको १ को भुवागडा बजार, वडा नम्बर ३ को कार्यलय र  वडा नम्बर ५ को कार्यालय नजिकबाट नुन वितरण गर्ने व्यवस्था मिलाएको हो ।

दुर्गाथली गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापाका अनुसार साल्ट ट्रेनिङ कार्पोरेसन डिपो कार्यालय बझाङले मोरीबगरसम्म ल्याइदिने र मोरिबगरबाट दुर्गाथली गाउँपालिकाले एकता बहुउदेश्यी सहकारी जुजी ढुवानी अनुदान दिएर तीन वटा वितरण केन्द्रमा पुर्‍याउने सहमति भएको छ ।

चैनपुरमा प्रतिकेजी ९ रुपैँयामा पाइदै आएको नुन दुर्गाथलीका तीन ठाउँबाट १ रुपैयाँ सेवा शुल्कसहित १० रुपैयाँमा प्रत्येक हप्ताको शनिबार वितरण गरिने अध्यक्ष थापाले बताउनुभयो । एक व्यक्तिले जम्मा ५ केजी मात्रै नुन लिन पाउने पनि पालिकाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै