नेभिगेशन
सुदूरपश्चिम

विषादी सेवनका कारण बझाङमा एक युवककाे ज्यान गयो  

बझाङ सदरमुकाम चैनपुरमा एक युवकले विषादी सेवन गर्दा ज्यान गएको छ । मष्टा गाउँपालीका वडा नं ४ घर भई हाल सदरमुकाम चैनपुरमा डेरा गरि बस्ने २२ बर्षिया कलक कठायतको बिषादी सेवनका कारण मृत्यु भएको छ । कठायतको मुसामार्ने बिषादी सेवन बाट मृत्यु भएको प्रहरीले जनाएको छ । आईतबार साँझ साढे आठ बजे तिरि आफ्नै कोठामा मृत अवस्थामा भेटिएपछि मृतकका दाई सुशिल कठायतले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी प्रहरी निरिक्षक दिपेश चौधरी नेतृत्वको टोली घटनास्थल पुगेको थियो । मृतक कठायतको शव नजिक कमान्डो जिङ्क र जी सुनामी लेखेको बिषादीको खाली बट्टा भेटिएको सुचना अधिकारी प्रहरी निरिक्षक दिपेश चौधरीले जानकारी दिनुभयो । बिषादी सेवनको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भैरहेको बझाङ प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै