नेभिगेशन
समाज

बुंगल नगरपालिकामा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न 

बुंगल नगरपालिकामा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रामिण क्षेत्रका महिलाहरुमा तल्लो पेट तथा पाठेघर खस्ने जस्ता स्वास्थ्य समस्या देखिने गरेको भएपनि खुलेर नआउदा समस्या बल्झीदै गएको छ । दलित सहयोग समाजको समान व्यवहार परियोजना र बुंगल नगरपालिका वडा ९, १० र ११ को सहयोगमा तथा देउलीकोट स्वास्थ्य चौकीको आयोजनामा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको थियो ।

देउलीकोट स्वास्थ्य चौकीमा संचालन भएको स्वास्थ्य शिविरबाट साविक देउलीकोट गा.वि.सका २ सय ७९ जना महिलाहरुले सेवा लिएको बुंगल नगरपालिका वडा नं ९ का अध्यक्ष हरीश सिंहले बताए । ग्रामिण क्षेत्रका महिलाहरु अझैपनि स्वास्थ्य समस्यामा नखुल्ने र दलित सहयोग समाजको विभिन्न परियोजना मार्फत जनचेतना कार्यक्रम मार्फत खुल्न थालेपछि शिविरको आयोजना गरिएको दलित सहयोग समाजका टिम लिडर सुनिल नेपालीले बताए । शिविरमा महिलाहरुको तल्लो पेट सम्बन्धि रोगहरु तथा पाठेघर खसेको बिरामीहरुको स्त्री रोग विशेषज्ञ महिला डाक्टरद्वारा भिडियो एक्सरे लगाएतका निशुल्क उपचार तथा परामर्श दिने कार्य गरिएको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
सुरेश धामी विगत ७ वर्षदेखि पत्रकारिता गरिरहेका छन् ।
थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै