नेभिगेशन
सुदूरपश्चिम

बिश्व खाद्य कार्यक्रम अन्तर्गत संचालित परियोजनाहरुको अनुगमन तथा समिक्षा गोष्ठि सम्पन्न

बुंगल बुंगल नगरपालिकामा विश्व खाद्य कार्यक्रम अन्तरगत संचालन भएका दिवाखाजा, शिक्षाको गुुणस्तर सुधार सरसफाइ र पोषण परियोजना लागुु भएका विद्यालयहरुको सरोकारवालाले संयुक्त अनुगमन गरेको छ । दिवाखाजा संचालन भएका विद्यालयहरुमा विश्वखाद्य कार्यक्रमकै सहयोगमा आइडिएस नेपाल मार्फत विद्यालय सरसफाइको कार्यक्रम लागुु भइ रहेको छ । विश्व खाद्य कार्यक्रम अन्तरगत संचालन भएका दिवाखाजा साथै शिक्षाको गुुणस्तर सुधार सरसफाइ र पोषण कार्यक्रम बुंगल नगरपालिकाका ८२ वटा विद्यालयमा सञ्चालन भईरहेको छ । यस कार्यक्रम मार्फत जिल्लाका ४ सय ६२ विद्यालयका १२ हजार ५ सय ७० जना लाभावन्तित भएका छन ।

बुंगल नगरपालिकाका उपप्रमुख धन बहादुर बोहराको नेतृत्वमा परियोजना लागुु भएका विद्यालयहरुमा बालबालिकाहरुले दिवाखाजा पाए नपाएको अवस्था, दिवा खाजाले बालबालीकाहरुको स्वास्थ्य अवस्थामा ल्याएको सुुधार, समुुदायमा भएको परिर्वतन लगायतको विषयमा सरोकारवालाहरुको संयुक्त टोलीद्धारा अनुुगमन गराएको आइडिएस नेपालका कार्यक्रम संयोजक शुरेन्द्र बहादुर जैरुले जानकारी दिनुु भयो । टोलीले विहिबार नगरपालीकाको वडा नं ९ का विभिन्न विद्यालयको अनुुगमन गरेको हो । अनुगमन टोलीले बालबालीकाका अभिभावक संगै दिवा खाजा सरसफाई र पोषण परियोजनाले पुगेको फाइदाका बारेमा पनि सोधपुुछ गरिएको थियो ।

अनुगमन पश्चात पालिका स्तरिय समिक्षा गोष्ठी पनि गरेको छ । विगतका वर्षमा झै यस बर्षपनि संयुुक्त अनुुगमन गराइ पालीकामा स्थानिय जनप्रतिनिधि सरोकारवाला निकाय संचारक्रर्मि, लगायतको टोलीबाट परियोजनाका क्रियाकलापहरुको उपलव्धी अनुुगमन गर्न लगाइ पृष्टपोषण सुुझाव सल्लाह र गुुनासोहरु सहित समिक्षा गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै