नेभिगेशन
सुदूरपश्चिम

सेती नदीका चार र सुनिगाडको एक गरि बझाङका पाँचसहित नाै हाइड्रोका लागि कैलाशमा सबस्टेसन बन्ने

 निजी क्षेत्रले निर्माण प्रक्रिया अगाडि बढाएका ३ ठूला जलविद्युत् आयोजनाका प्रवद्र्धक तथा राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडबीच ‘कनेक्सन एग्रिमेन्ट (प्रसारण सम्झौता) भएको छ । कम्पनीले निर्माण गर्ने प्रसारण लाइनमा विद्युत् प्रवाह गर्ने गरी शुक्रबार (मंसिर २९ गते) सम्झौता गरिएको हो ।

‘मेमोर्‍याण्डम अफ अन्डरस्ट्यान्डिङ’ भनिएको उक्त सम्झौता अनुसार कम्पनीद्वारा निर्माण हुने उच्च क्षमता (४०० केभी) का प्रसारण लाइनमा ३ आयोजनाबाट उत्पादित ४२४ मेगावाट विद्युत् जोडिने छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्रप्रसाद ज्ञवाली र आयोजनाका प्रवर्द्धकहरूबीच सम्झौतामा हस्ताक्षर गरिएको थियो ।

सम्झौतामा प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली तथा २१६ मेगावाटको बझाङ अप्पर सेतीको प्रवर्द्धक समृद्धि इनर्जी लिमिटेडका कार्यकारी अध्यक्ष शैलेन्द्र गुरागाईं, कर्णाली प्रदेशमा निर्माण हुने ११० मेगावाटको चुवा खोलाको प्रवर्द्धक नेपाल पोर्टफोलियो इनर्जी प्रालिका अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझा र ९८ मेगावाटको अप्पर चुवा खोलाको प्रवर्द्धक बिजबेल इनर्जी प्रालिका प्रबन्ध निर्देशक सुशील पोखरेलले हस्ताक्षर गरे ।

कम्पनीका अनुसार बझाङ अप्पर सेती ४०० केभी पश्चिम सेती प्रसारण लाइनमा तथा चुवा र अप्पर चुवा खोलाबाट उत्पादित विद्युत् फुकोट कर्णाली हबमा जोडी केन्द्रीय प्रणालीमा प्रवाह हुने छ । यी सबै आ‍शिकजलाशय जलविद्युत् आयाेजना हुन् ।

यसअघि नेपाल विद्युत् प्राधिकरणसँग कनेक्सन एग्रिमेन्ट हुँदै आएकोमा अब त्यसको जिम्मेवारी विस्तारै ग्रिड कम्पनीले लिँदै आएको छ । प्राधिकरण र ग्रिड कम्पनीको समन्वयमा प्रसारण लाइन निर्माण हुने हुँदा त्यही अनुसार नै आयोजनाहरूद्वारा उत्पादित विद्युत् प्रवाहका लागि सम्झौता गरिएको छ । यसले प्राधिकरणको कार्यभार र जिम्मेवारीलाई समेत घटाउँदै लैजाने विश्वास गर्न सकिन्छ ।

सुदूरपश्चिममा निर्माणाधीन प्रसारण लाइन

कम्पनीले सुदूरपश्चिममा उच्च क्षमताको एक प्रसारण लाइनसँगै दुई सबस्टेसनहरूको निर्माण अगाडि बढाएको छ । जसमा पश्चिम सेती ४०० के.भी प्रसारण लाइन तथा चैनपुर र पश्चिम सेती सबस्टेसन रहेका छन् ।

कम्पनीले पश्चिम सेती नदी बेसिनमा पहिचान भई निर्माणका विभिन्न चरणमा रहेका जलविद्युत आयोजना राष्ट्रिय प्रणालीमा आवद्ध गर्न कम्पनीद्वारा बझाङको प्रस्तावित चैनपुर सबस्टेसनदेखि डोटीको पश्चिम सेती सबस्टेसन (६० किलोमिटर), यही सबस्टेसन हुँदै कैलाली दोदोधारा सबस्टेसनसम्म (८५ किलोमिटर) तथा पश्चिम सेती सबस्टेसनदेखि कञ्चनपुरस्थित न्यू अत्तरिया सबस्टेशनसम्म (६८ किलोमिटर) ४०० के.भी.को करिब २१३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गर्दै छ ।

उक्त प्रसारण लाइन अन्तर्गत बझाङ जयपृथ्वी नगरपालिका–१ स्थित कैलाशमा चैनपुर सबस्टेसन र डोटीको शिखरस्थित बनलेकमा पश्चिम सेती सबस्टेसन निर्माण हुनेछन् । यी सबस्टेसनमा चैनपुर सेती (२१० मेगावाट), बझाङ अप्पर सेती (२१६ मेगावाट), सेती नदी–३ (८६ मेगावाट), सुनीगाढ (२५ मेगावाट), सन स्टार (४६ मेगावाट), बडीमालिका (६० मेगावाट), न्यादी (६० मेगावाट) र मालुमेला पि–आरओआर (६४ मेगावाट) आयोजनाको् विद्युत् जोडिने छ ।

यसैगरी, पश्चिम सेती सबस्टेसनमा पश्चिम सेती (७५० मेगावाट) र बलाँच हबमा (३०० मेगावाट) विद्युत् उत्पादन जम्मा भई दोदोधारामा निर्माण हुने सबस्टेसनमा कूल १८२७ मेगावाट जम्मा (प्राप्त) गर्ने योजना छ ।

प्रसारण लाइन तथा सबस्टेसनको उपलब्धि

चैनपुर सबस्टेसनः ग्रिड कम्पनीले बझाङको जयपृथ्वी नगरपालिका– कैलाशमा प्रस्तावित चैनपुर सबस्टेसन निर्माणका लागि क्षेत्रफल १,४३,७२ (२८२–८–०–३ रोपनी) जग्गा अधिग्रहण गरिएको छ ।

पश्चिम सेती सबस्टेननः डोटीको शिखर नगरपालिका–१० स्थित बनलेकमा प्रस्तावित पश्चिम सेती सबस्टेसन निर्माणका लागि जम्मा क्षेत्रफल ७०,४२५ वर्गमिटर (१३८ रोपनी ६ आना ३ पैसा २ दाम) जग्गा अधिग्रहण गरिएको छ ।

 आयोजनाको हालसम्मको प्रगति

सि. नं. विवरण लम्बाई (कि.मि.) इन्जिनियरिङ डिजाइन प्रारम्भिक वातावरण अध्ययन
१. बझाङ–पश्चिम सेती प्रसारण लाइन ६० सम्पन्न भइसकेको  ३५% सम्पन्न
२. पश्चिम सेती दोदोधारा प्रसारण लाइन  ८५ ७५% सम्पन्न ४०% सम्पन्न
३. पश्चिम सेती–दैजी प्रसारण लाइन ६८ सम्पन्न भइसकेको  अन्तिम चरणमा
४. पश्चिम सेती सबस्टेसन, डोटी - अन्तिम चरणमा अन्तिम चरणमा
५. चैनपुर सबस्टेसन, बझाङ - अन्तिम चरणमा अन्तिम चरणमा

        
यी सबै आयोजना आर्थिक वर्ष (आव) २०८०/८१ सम्म अध्ययन सम्पन्न गरी आव २०८१/८२ मा निर्माणको ठेक्का प्रक्रियामा जाने र आव २०८६/८७ सम्म निर्माण सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै