नेभिगेशन
सुदूरपश्चिम

लाइन विस्तार तथा व्यवस्थापनमा लापरबाही नगर्न नेविसंघद्धारा विद्युत प्राधिकरणको ध्यानाकर्षण 

बझाङ : बझाङमा विद्युत लाइन विस्तार तथा व्यवस्थापनमा लापरबाही नगर्न नेपाल विद्यार्थी संघ (नेविसंघ)ले  विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ । आज शुक्रबार नेपाल विद्यार्थी संघ क्षेत्रिय कार्य समिति प्रदेश सभा (ख) ले अलपत्र छोडिएका विद्युतका खम्बा तथा तारहरुलाई समयमै व्यवस्थित गर्न नेपाल विद्युत प्राधिकरण सव–स्टेसन बाग्थलाको ध्यानाकर्षण गराएको हो । 

बित्थडचिर गाउँपालिकाभित्र विद्युत प्राधिकरणले जडान गरेका बिजुलीका खम्बा तथा तारहरु जताततैमा
मानिस र गाईवस्तुहरुले भेट्नसक्ने अवस्थामा लत्रिएका हुनाले समयमै उक्त तारहरुको व्यवस्थापन भावि दिनहरुमा हुनसक्ने सम्भावित दुर्घटना न्युनिकरण गर्न ध्यानाकर्षण गराएको नेपाल विद्यार्थी संघ क्षेत्रिय कार्य समिति प्रदेश सभा ख का सभापती विष्णु अवस्थी बिन्दासले बताउनुभयो ।

पछिल्लो समय बझाङमा विद्युत लाइन विस्तार तथा व्यवस्थापनमा लापरबाही हुँदै आइरहेको स्थानियहरुको भनाई छ । केहिदिन अघि मात्रै केदारस्युँ गाउँपालिकामा एक युवकको करेन्ट लागेर ज्यान गएको थियो । विद्युत प्राधिकरणको लापरबाहीकै कारण युवकले ज्यान गुमाएको भन्दै नेपाल कम्युनिष्ट पार्टिले नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रको कार्यलयमा तालाबन्दि गरेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै