नेभिगेशन
समाज

आज सूचना प्रविधि दिवस: प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै

काठमाडौं : आइतबार चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदैछ । दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक भर्चुअल कार्यक्रमको आयोजना गरेको छ । मन्त्रालयका अनुसार विहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रमको सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

दिवसकै अवसरमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले शुभकामना सन्देश जारी गरेका छन् । मन्त्री गुरुङले आधुनिक युुगको मागअनुसार हरेक क्षेत्रलाई सूचना तथा सञ्चार प्रविधिसँग जोड्दै “समृद्ध नेपालः सु:खी नेपाली”को राष्ट्रिय संकल्पलाई पूरा गर्नेतर्फ सरकारले लक्ष्य लिएको जानकारी दिए ।


मन्त्री गुरुङले सूचना प्रविधि मैत्री नेपाल निर्माणका लागि सरकारले अनलाइनबाटै सबै सरकारी सेवा नागरिकलाई प्रदान गर्न ‘नागरिक एप’ सञ्चालनमा ल्याएको उल्लेख गरेका छन् । सूचना प्रविधि क्षेत्रको दुरुपयोग हुन नदिन तथा सूचना प्रविधि क्षेत्रको विकासमा सहज पहुँच पुर्‍याउन सरकारले संसदमा ‘सूचना प्रविधि विधेयक’ पेश गरेको गुरुङले उल्लेख गरेका छन् ।

‘सूचना महामार्ग’ निर्माण र विस्तारको कामलाई प्राथमिकताका साथ अघि बढाइएको, सबै स्थानीय तह, वडा कार्यालय, सामुदायिक शिक्षण संस्थाहरु, स्वास्थ्य केन्द्रसम्म सूचना प्रविधि पूर्वाधारको पहुँच सुनिश्चत गर्ने र ती स्थानहरुमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याउनेको लागि पनि बजेटको व्यवस्था गरेको भन्दै मन्त्री गुरुङले सूचना प्रविधिको क्षेत्रमा नेपालले ठूलो फड्को मारिसकेको बताएका छन् ।

प्रत्येक स्थानीय तहमा सूूचना प्रविधि केन्द्र स्थापना र सञ्चालन गर्ने गरी नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको छ । दूर सञ्चार सेवालाई गुणस्तरीय बनाउन फाईभ जी परीक्षणको काम अगाडि बढाइएको र साइबर अपराध नियन्त्रण, साईबर सुरक्षा र सरकारी डाटा सेन्टरको सुरक्षा अतिसंवेदनशील विषय भएकाले यसको सुरक्षामा विशेष ध्यानदिइएको उनले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै