नेभिगेशन
समाज

बझाङमा मोटरसाइकलको ठक्करबाट एक जना महिला घाइते

बझाङमा मोटरसाइकलको ठक्करबाट एक जना महिला घाइते भएकी छन् । जयपृथ्वी राजमार्ग अन्तर्गत बित्थडचिर गा.पा. १ आनन्दपुरमा डडेल्धुराबाट बित्थडचिर तर्फ आउदै गरेको मोटरसाइकलले ठक्कर दिदा बित्थडचिर गाउँपालिका १ की ४४वर्षीया अम्मरा देबी बोहरा घाइते भएकी हुन् । आज दिउँसो ३ः १५ बजे बित्थडचिर गाउँपालिका ७ का निराजन बिष्टले चलाएको सु.प.प्र.०१०११ प २३६० नम्बरको मोटरसाइकलले ठक्कर दिदा बोहराको बाँया हात, बाँया खुट्टा र टाँउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घाईते बोहरालाई उपचारको लागि डडेल्धुरा तर्फ पठाएको र चालकसहित मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले भनाई छ । घटनाका बारेमा थप अनुसन्धान कार्य भईरहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै