नेभिगेशन
सुदूरपश्चिम

जयपृथ्वी नगरपालिकामा अन्तर माध्यमिक विद्यालयस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न

बझाङ : जयपृथ्वी नगरपालिकामा अन्तर माध्यमिक विद्यालयस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । जयपृथ्वी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा आज शुक्रबार नगरपालिका भित्रका सम्पुर्ण माध्यमिक विद्यालयहरुबिच निबन्ध प्रतियोगिता सम्पन्न भएको हो । 

“बृहत्तर विद्यालय सुरक्षा, आजको आवश्यकता“ भन्ने शिर्षकमा आयोजना गरिएको उक्त निबन्ध प्रतियोगितामा सुनिपिपलचौर माध्यमिक विद्यालय सुवेडाका छात्र उमेश कठाएत प्रथम हुनुभएको छ । द्वितीयमा बालविकास माध्यमिक विद्यालय गोलाईका छात्र ललित ओखेडा, तृतियमा सुनिपिपलचौर माध्यमिक विद्यालय सुवेडाकि छात्रा सपना महर र जालपा माध्यमिक विद्यालय देवलकि छात्रा निक्लिसा बमले चौथो स्थान हाँसिल गर्नुभएको छ । उत्कृष्ट स्थान हाँसिल गर्ने विद्यार्थीहरुलाई प्रमाणपत्र, विभिन्न शैक्षिक सामाग्रिहरु सहित सम्मान गर्नुका साथै पुरस्कार वितरण गरिएको छ ।

प्रतियोगितामा नगरपालिका भित्रका ८ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो । शिक्षा, युवा तथा खेलकुद शाखाले विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्ने उद्येश्य सहित प्रत्येक वर्ष विभिन्न निबन्ध लगाएतका प्रतियोगिता सञ्चालन गर्दै आएको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक देवेन्द्र जोशीले बताउनुभयो ।

कार्यक्रमको समापन समारोहमा बोल्दै कार्यक्रमका सभाध्यक्ष तथा नगर उपप्रमुख रतन बहादुर सिहँले विद्यार्थीहरुको सर्वांगीण विकासको लागि किताबि ज्ञानले मात्रै नपुग्ने भएकाले यस्ता अतिरिक्त क्रियाकलापहरु अत्यन्तै महत्वपुर्ण हुने बताउनुभयो । उहाँले नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि विशेष पहल चालिरहेको बताउदै प्रतियोगितामा सहभागि विद्यार्थीहरुको उज्ज्वल भविष्यको समेत कामना गर्नुभएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै