नेभिगेशन
विदेश

इन्डोनेसियामा ज्वालामुखी विष्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु

इन्डोनेसियामा ज्वालामुखी विष्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु भएको छ । इन्डोनेसियाको सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी विष्फोटमा परी कम्तीमा ११ पर्वतारोहीको मृत्यु भएको हो । केही अझै बेपत्ता भएको बताइएको छ । 

पहिलो चरणमा ४९ जना आरोही फेला परेका थिए । उनीहरूलाई अस्पताल लगिएको छ भने केही अस्पतालबाट घर फर्किसकेका छन् । दोस्रो चरणमा १४ जनालाई फेला पारेको बताइएको छ । 

समुन्द्र सतहबाट २ हजार ८९१ मिटर उचाइमा रहेको मारापी हिमाल ज्वालामुखीको खरानी र चट्टान वरपरका क्षेत्रमा फैलिएको छ । अधिकारीहरूले मानिसलाई मुख्य खाडलको तीन किलोमिटरको दायराभित्र खतरा क्षेत्रमा जान निषेध गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप विदेश
टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन

टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन

 भारतको प्रतिष्ठित व्यापारिक घराना टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन भएको छ ।
भारतमा  धार्मिक स्नान  गर्दा गर्दै  ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गयो

भारतमा धार्मिक स्नान गर्दा गर्दै ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गयो

पूर्वी भारतमा हिन्दू पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गएको छ ।
पुटिनको आणविक हतियार प्रयोगको धम्कीलाई युरोपेली सङ्घले अस्वीकार गर्‍यो

पुटिनको आणविक हतियार प्रयोगको धम्कीलाई युरोपेली सङ्घले अस्वीकार गर्‍यो

युरोपेली सङ्घ (ईयू) ले युक्रेनले ठूलो हवाई आक्रमण गरेमा आफूले आणविक प्रतिक्रिया दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको योजनालाई लापरवाहीपूर्ण र गैरजिम्मेवार भन्दै अस्वीकार गरेको छ ।
ऋणमाथि ऋण थप्दै पाकिस्तान, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट थप ७ अर्ब अमेरिकी डलर लिने

ऋणमाथि ऋण थप्दै पाकिस्तान, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट थप ७ अर्ब अमेरिकी डलर लिने

 अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले पाकिस्तानलाई ७ अर्ब डलर ऋण दिने भएको छ ।
भर्खरै