नेभिगेशन
सुदूरपश्चिम

सामाजिक विकास कार्यालयको वार्षिक बजेट तथा कार्यक्रमसम्बन्धी एकदिने जिल्लास्तरीय अभिमुखीकरण गोष्ठी सम्पन्न

जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजालले सुदूरपश्चिम प्रदेश सरकारबाट आउने सबै योजनाहरु विचौलियाको माध्यमबाट आउने गरेको बताएका छन् । आज सोमबार सामाजिक विकास कार्यालय बझाङले जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको आर्थिक २०७५– ८० को समिक्षा र चालू आवको वार्षिक बजेट तथा कार्यक्रमसम्बन्धी एकदिने जिल्लास्तरीय अभिमुखीकरण गोष्ठीमा सो कुरा बताएका हुन् ।

नगरप्रमुख बजालले प्रदेशबाट आउने योजनाहरु, विचौलिया, हचुवा र अपारदर्शी ढंगबाट आउने गरेको बताउदै आफुले प्रदेश सरकारलाई पटक–पटक नगरपालिकामा खेलमैदान नहुँदा नगर खेलकुद मैदानको लागि र अन्य भौतिक संरचनाहरु बनाउन माग गर्दा कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो ।

 उहाँले अहिले स्थानीयहरुमा प्रदेश सरकारप्रति नकारात्मक भावना जागेको बताउदै अबका दिनहरूमा आफ्नो नगरपालिकाले प्रदेश सरकारले गर्ने कुनै पनि कार्यहरुमा सहकार्य नगर्ने प्रस्ट पारे । त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका अध्यक्ष नरबहादुर बोहराले बझाङ जिल्लाका १२ वटै स्थानीय तहबाट सिफारिस भएर गएका योजनाहरु कार्यान्वयन नभए झ्यालबाट गएर आएका योजनाहरु सिफारिस भएर आउँदा त्यसको दिगोपन नहुने र स्थानीय र सर्वसाधारणको हितमा नहुने बताए ।

अब आउँदा दिनहरू यसलाई सच्याएर लैजानुपर्ने र प्रदेश सरकारका योजनाहरु प्रक्रियागत ढंगबाट आउनुपर्ने बताए । समापन कार्यक्रम बोल्दै सामाजिक विकास कार्यालय बझाङका कार्यालय प्रमुख प्रयागराज जोशीले २०५७ सालदेखि सुदूरपश्चिम सरकारअन्तर्गत ९ वटै जिल्लामा स्थापना भएको र यस कार्यालयबाट भौतिक संरचनालगायत धेरै कामहरु सामाजिक विकास कार्यालयअन्तर्गत हुने हुँदा कार्यालयबाट हुने गरेका कामहरु आगामी दिनहरूमा सच्याएर लैजाने बताए ।

सुझाव संकलनको क्रममा जिल्लामा बनेका भौतिक संरचनाहरु कमजोर बनेको कुरा उठेपछि उनले सामाजिक विकास कार्यालयबाट बनेका सबै भौतिक संरचनाहरु बलियो, दिगो र गुणस्तरीय बनेको दाबी गरे । कार्यक्रममा आर्थिक वर्ष २०७५–८० को समिक्षा र चालू आवको वार्षिक बजेट तथा कार्यक्रमसम्बन्धी प्रस्तुतिकरण सामाजिक विकास कार्यालयका कार्यालय व्यावस्थापक गोविन्द विकले गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै