नेभिगेशन
सुदूरपश्चिम

कैलाश आधारभूत विद्यालयको शैक्षिक गुणस्तर सुधारकालागि अभिभावकिय शिक्षा

बझाङ : बझाङको मष्टा गाउँपालिका वडा नम्बर ७ लटौनमा रहको कैलाश आधारभूत विद्यालयमा शिक्षक र अभिभावकबिच दुइदिने छलफल तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मष्टा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा रं कैलाश आधारभूत विद्यालयको संयुक्त साझेद्धारीमा आइतबारबाट सञ्चालन भएको अभिभावकिय शिक्षा तथा प्रशिक्षण कार्यक्रम आज सोमबार सम्पन्न भएको हो । 

विद्यालयको शैक्षिक गुणस्तर सुधारकालागी अभिभावकहरुको भूमिका अपरिहार्य रहने भएकाले विद्यालयमा अभिभावकिय शिक्षा कार्यक्रम सञ्चालन गरिएको कैलाश आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विर्ख बोहराले बताउनुभयो । उक्त कार्यक्रममा प्रशिक्षक कुलमष्टजन माध्यमिक विद्यालय भातेखोलाका प्रध्यानाध्यापक मोहन थापाले अभिभावकहरुले गर्ने सामान्य गल्तिहरुले वालवालिकाहरुलाई के कस्तो प्रभाव पार्दछ र त्यसको समाधान हरु के के हुन सक्छ भन्ने विषयमा आफ्नो अनुभव र विचारहरु प्रस्तुत गर्नुभयो । शिक्षक थापाका अनुसार प्रायः अभिभावकहरुले वालवालिकाहरुको अनुशासन र चालचलनलाई लिएर गुनासो गर्छन्। तर आठ बर्षसम्म उनीहरुको पुर्ण मानसिक विकास भइनसकेको हुनाले उनीहरु विवेक पूर्ण ढंगले व्यवहार गर्न सक्षम भएको हुँदैन। अभिभावकको दृष्टीले कहिलेकाहीँ उनीहरुले झुठो बोलेको जस्तो लागे पनि वास्तविक रुपमा उनीहरुले झुठो बोल्न जानेको हुँदैन । त्यसै गरी वालवालिकाहरुको आक्रोशलाई शान्त गर्न अभिभावकहरुले चकलेट, आइसक्रीम जस्ता गुलियो पदार्थहरु किनिदिएर शान्त गर्ने कोशीसले झन विपरित कार्य गर्छ किन कि गुलिया कुराहरुले आवेग लाई झन विस्तार गर्दछ । खुशीले खुशी बढाउंछ भन्ने उक्ति अनुसार अभिभावकहरुले आफुलाई खुशी राखे त्यसले वालवालिकाहरुमा पनि खुसी सन्चार गराउने कुरा उहाँले बताउनुभयो।

उक्त कार्यक्रममा अर्का प्रशिक्षक मष्टा गाउँपालिकाका शिक्षा अभिकृत पृथुराज जोशीले वालवालिकाहरुको समष्टिगत विकासको निम्ति अभिभावकहरुमा अभिभावकीय सीप अनि कलाको विकास गरेर यसको महत्वलाई प्रवर्धन गर्ने हेतुले गाउँपालिकाको शिक्षा शाखाले विद्यालयमा अभिभावकिय शिक्षा कार्यक्रम सञ्चालन गरेको  बताउनुभयो ।  यसैबीच विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोषाक र झोला पनि वितरण गरिएको छ । आइतबार एक कार्यक्रमका विच कैलाश आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो विद्यालय पोषाक तथा झोला वितरण गरिएको हो । मौसममा आएको बदली संगै चिसो बढेपछि विद्यार्थीहरुलाई चिसोबाट बचाउन न्यानो लुगा विद्यालयको पोषाक र झोला वितरण गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष विर्ख बोहराले बताउनुभयो । विद्यालयमा अध्ययनरत करिब १३५ जना विद्यार्थीहरुलाई न्यानो पोषाकमा टोपी, स्विटर र झोलाहरु वितरण गरिएको हो ।

jhola1701690464.jpg

कैलाश आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विर्ख बोहराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमका प्रमुख अतिथि मष्टा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष धन बहादुर जेठारा रहनुभएको थियोे । विशिष्ट अतिथिमा मष्टा गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख पृथुराज जोशी र कैलाश आधारभूत विद्यालयका प्रध्यानाध्यापक मदन बोहोरा रहनु भएको थियोे । कार्यक्रममा पालिकाका अन्य विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिती अध्यक्ष, संचारकर्मि, शिक्षक, विद्यार्थी अभिभावक लगाएत स्थानियहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।

कैलाश आधारभूत विद्यालयलाई मष्टा गाउँपालिकामै नमूना विद्यालय बनाउने उदेश्य सहित विभिन्न कामहरु गर्दै आउनुभएका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विर्ख बोहराले आफ्नो कार्यकालमा विद्यालयमा स्मरणीय काम गर्ने बताउनुभयो । अध्यक्ष बोहोराले अहिले विद्यालयको आर्थिक, भौतिक एवं शैक्षिक गुणस्तर सुधारको लागि आर्थिक संकलन अभियान सञ्चालन समेत गरिरहनुभएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै