नेभिगेशन
सुदूरपश्चिम

वडाध्यक्ष अधिकारीको पहलमा मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई नागरिकता प्रदान

बझाङ : बझाङमा एक मानसिक समस्या भएका व्यक्तिले वडाध्यक्षको पहलमा नागरिकता प्राप्त गर्नुभएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ३ घर भएका २४ वर्षिय किरन रावलले वडाध्यक्ष गौरी अधिकारी रावलको पहलमा लामो समयपछि नागरीकता प्राप्त गर्नुभएको हो ।

घरायसी समस्याका कारणले विगत एक वर्षदेखि मानसिक सन्तुलन गुमाएका किरण उचित हेरचाहको अभावका कारणले घरमा साहारा विहिन हुनुहुन्थ्यो । उहाँलाई केही दिनदेखि स्वास्थ्यमा समेत समस्या देखिएपछि वडाध्यक्ष गौरी अधिकारी रावलले आज जिल्ला अस्पताल सिमखेतमा ल्याएर उपचार थाल्नुभएको छ ।

उपचारको लागि सदरमुकाम पुर्याएको अवसरमा उहाँलाई नागरिकता समेत दिइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले जिल्ला अस्पतालमै गएर नागरिकता प्रदान गरेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय आएर नागरिकता बनाउन नसक्नेहरुको लागि सम्बन्धित ठाउँमै गएर नागरिकता वितरण गर्ने कार्य समयानुकूल जारी राख्ने सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै