नेभिगेशन
सुदूरपश्चिम
जिप दुर्घटना

बझाङमा जन्ती बोकेको जिप दुर्घटना, दुई जना घाइते

बझाङ: बझाङमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । शुक्रबार दिउसो छविसपाथीभेरा गाँउपालिकाबाट जन्ती लिई सुर्मा गाँउपालिका फकिदै गरेको १६ जना सवार सु.प.प्र०४००१ ज ००१९ नम्बरको जिप दुर्घटनामा परेको हो । जिप छविसपाथीभेरा गाँउपालिका वडा नं ५ खतेडाकमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो । कच्ची सडक र क्षमता भन्दा बढी यात्रु बोकेका कारण अनियन्त्रीत भई पल्टेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता प्रहरी निरीक्षक दिपेश चौधरीले जानकारी दिनुभयो ।

घाइते हुनेमा सुर्मा गाँउपालिका ५ का ३० बर्षिया खगेन्द्र जेठारा र सोहि ठाँउका १७ बर्षिया समु बोहरा  रहेका छन् । जेठाराको टाउकोमा चोट लागेर बेहोस अवस्थामा रहेका छन भने बोहराको हात र खुट्टामा चोट लागेको छ । घाईतेहरुको जिल्ला अस्पताल सिमखेतमा उपचार भईरहेको र अन्यको अवस्था सकुसल रहेको र घटना बारे थप अनुसन्धान भईरहेको बझाङ प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै